प्रदीप खड्का र कृष्टिना गुरुङ अभिनित फिल्म ‘प्रेमगीत ३’ फिल्मको हिन्दी टिजर सार्वजनिक – OSNepal

प्रदीप खड्का र कृष्टिना गुरुङ अभिनित फिल्म ‘प्रेमगीत ३’ फिल्मको हिन्दी टिजर सार्वजनिक

Osnepal Admin (KTM) August 13, 2022 0

काठमाडौँ :

फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणको टिजर ट्रेलर रिलिज भएको छ । टिजरले मुख्य पात्र प्रेम (प्रदीप खड्का)को चरित्रले गीत वा राजगद्दीमध्ये एक चुन्नुपर्ने बाध्यतालाई दर्शाइएको छ ।भारतीय फिल्म समीक्षकहरुले शनिबार बिहानै सामाजिक सञ्जालमार्फत टिजर सार्वजनिक गरेका हुन् ।

टिजरमा प्रेम र रोमान्सका दृश्यभन्दा द्वन्द्वलाई प्राथमिकता दिएको छ । टिजरमा हिउँले भरिएको मुस्ताङी दृश्य देखाइएको छ । १ मिनेट लामो टिजरमा प्रदीप छाएका छन् । टिजरमा प्रदीपबाहेक कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा आदि पनि अटाएका छन् ।

छेतेन गुरुङ र सन्तोष सेन निर्देशित फिल्म नेपाल र भारतमा असोज ७ गते रिलिज तयारी छ । । ट्रेलर ५ दिनपछि सार्वजनिक हुने निर्माण टिमले जनाएको छ । फिल्मलार्ई हिन्दीमा डबिङ गरेर हलमा प्रदर्शन गर्न लागेको पहिलो फिल्मको रुपमा प्रचारप्रसार सुरु गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर