के पुष्प खड्का र श्रद्धा क्षेत्री साँच्चिकै प्रेममा छन् ? — OSNepal

के पुष्प खड्का र श्रद्धा क्षेत्री साँच्चिकै प्रेममा छन् ?

LC (KTM) August 13, 2022 0

काठमाडौँ ।

पुष्प खड्का र श्रद्धा क्षेत्री अभिनित लभस्टोरी फिल्म ‘कृष्णलीला’ रिलिज हुँदै लाग्दा यो जोडीको चर्चा सिने नगरीमा व्यापक छ ।

हाल प्रचार प्रसारमा तिब्र गतिमा लागिरहेको यो जोडीमध्ये पुष्पले कृष्ण र श्रद्धाले लीलाको भूमिकामा चरित्र चित्रण गरेका छन् ।

यो फिल्म लिलासँग कृष्णको प्रेम र अटिजमका कारण समाजले ती यूवालाई गर्ने व्यवहारको वरिपरी घुमेको निर्माण पक्षले जनाएको छ ।

पुष्प खड्कालाई अहिलेसमम मध्यम खालको अभिनेताका रुपमा चित्रण गरिरहेका बेला उनको यो बहुप्रतिक्षित फिल्मलाई पुष्पको करियर निर्धारण गर्ने समेत फिल्मका पण्डितहरु बताउँछन् ।

त्यस्तै सुन्दरी र शालीन श्रद्धाको यो डेब्यू्फि ल्म भएका कारण उनको पनि यो भाग्य परिक्षा नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर