दुबइबाट आएका यी ४ जनाले जलप लगाएको कपडा गलाउँदा एक किलो सुन निस्कियो ! — OSNepal

दुबइबाट आएका यी ४ जनाले जलप लगाएको कपडा गलाउँदा एक किलो सुन निस्कियो !

LC (KTM) August 17, 2022 0

काठमाडौं  :

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका २४ वर्षीय सोमबहादुर विक रहेका छन् । उनले भित्री वस्त्रमा सुन लुकाएर ल्याएका थिए । फ्लाई दुबईको उडानबाट काठमाडौं आएका उनको विमानस्थल प्रहरीले सुनको जलप लगाएको एक किलो कपडा बरामद गेर पनि गलाउँदा ४१८ ग्राम निस्किएको प्रहरीले जनाएको छ।

त्यस्तै सोही उडानबाट आएका रिवाज गजमेर पनि पक्राउ परेका छन्।एक किलो ७ सय ग्राम सुनको जलपसहितको कपडासहित उनी पक्राउ परेका हुन्। सुनलाई पग्लाउँदा ५५४ ग्राम सुन निस्किएको प्रहरीले जनाएको छ।

सोही घटनामा संलग्न रहेको भन्दै प्रहरीले सिन्धुलीका सागर न्यौपाने र धनबहादुर विकलाई समेत प्रहरीले पक्राउ गरेको छ। फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका शिखरलाई जाँच गर्ने क्रममा उक्त औंठी र मोबाइल सहित फेला पारी पक्राउ गरेको प्रहरीले उक्त औठी र मोबाइल लिन विमास्थलमा आएका अन्य तीन जना समेतलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर