नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त खोज मान्य हुने छैन : भीम रावल — OSNepal

नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त खोज मान्य हुने छैन : भीम रावल

LC (KTM) August 18, 2022 0

काठमाडौं २ भदौ । नेकपा एमालेका सांसद भीम रावलले नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त खोजे मान्य नहुने बताएका छन् ।

आज बिहिबार बसेको संसद बैठकमा नागरिकता विधेयकमाथि छलफलमा भाग लिदै सांसद रावलले यस्तो बताएका हुन् ।

नागरिकताजस्तो संवेदनशिल विषयमा संसदीय दलमा छलफल हुनुपर्नेमा जोड दिएका उनले नागरिकताजस्तो राष्ट्रियताको संवेदनशिल विषयमा ख्याल ठट्टा गर्न नहुने बताए ।

सांसद रावलले बालुवाटारमा बस्ने पाँच दलको संयन्त्र कुन संविधानको कुन धारा अन्तर्गत रहेको भन्दै प्रश्न गरेका उनले भने , त्यसले त्यहाँबाट जे फैसला गर्‍यो त्यो संविधानभन्दा माथि हुन्छ ?’

गैरकानुनी नागरिकताको छानविन हुनुपर्ने माग समेत गरेका उनले नेपालको अस्तित्व समाप्त गर्ने कुरा किमार्थ मान्य नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर