मेरो अभिव्यक्तिले कालो चस्मा लगाएर सुतिरेहका बालेन जुर्मुराएर उठे : हर्क साम्पाङ — OSNepal

मेरो अभिव्यक्तिले कालो चस्मा लगाएर सुतिरेहका बालेन जुर्मुराएर उठे : हर्क साम्पाङ

LC (KTM) August 19, 2022 0

काठमाडौं ३ भदौ । धरानका उपमहानरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई कडा टिप्पणी गरेका छन् ।

आफुले दिएको अभिव्यक्ति दिएको अभिव्यक्तिले कालो चस्मा लगाएका बालेन जुर्मुराएको बताएका छन् । ‘मैले के भनें कसरी भनें भन्दा पनि मैले भनेको कुराले कस्तो र कति तरंग ल्यायो र काला चस्मा लाएर सुतिरहेकाहरु कसरी जुर्मुराए भन्ने कुरा हेर्नु’, उनले लेखेका छन् ।

केहि दिन अघि काठमाडौं आएका मेयर साम्पाङले काठमाडौंको फोहोर उठ्न नसकेको भन्दै सामाजिक सञ्जाल मार्फत आलोचना गरेका छन् ।

काठमाडौंको सडकमा फोहोर देख्दा आफुलाई श्रमदान गर्न मन लागेको भन्दै सरकार सरकार जस्तो हुनु पर्ने भन्दै मेयर साहको आलोचना गरेका थिए ।

उनले जसले जे भने पनि आफु काठमाडौं नआएको भए फोहोर नउठ्ने भन्दै अभिव्यक्ति दिएपछि साहले हो नि तपाईकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव जितेको हो नि भन्दै जवाफ फर्काएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर