रोपाइँजात्राको रमझम हेर्नुहोस् तस्विरमा — OSNepal

रोपाइँजात्राको रमझम हेर्नुहोस् तस्विरमा

LC (KTM) August 19, 2022 0

लमजुङ, ३ भदौ :

सदरमुकाम बेसीसहरमा शुक्रबार नेवार समुदायमा प्रचलित रोपाइँजात्रा निकालिएको छ । कृष्ण जन्माष्टमीका दिन बेसीसहरका नेवार समुदायले सदरमुकाम बेसीसहरमा विभिन्न भेषभूषमा पहिरिएर रोपाइँजात्रा निकालेका हुन् ।

सदरमुकाम बेसीसहरमा नेवार समुदायमा प्रचलित रोपाइँजात्रा निकालिएको छ ।

कृष्ण जन्माष्टमीका दिन बेसीसहरका नेवार समुदायले सदरमुकाम बेसीसहरमा विभिन्न भेषभूषमा पहिरिएर रोपाइँजात्रा निकालेका हुन् । उनीहरूले पञ्चेबाजासहित बजार परिक्रमा गरेर धान रोपेको अभियन गरी जात्रा निकालेका थिए । बाजाको तालमा उनीहरूले धान रोपेको अभिनय गरेका थिए ।

रोपाइँजात्रा भोटेओडार, सुन्दरबजार, उदिपुर लगायत क्षेत्रमा पनि निकालिने गरिन्छ । बेसीसहरमा नेवा खलस् लमजुङको नेतृत्वमा ५ वटा गुठीमा आबद्ध नेवार समुदायले रोपाइँजात्रा निकालेका हुन् । दिउँसो बेसीसहरको भीमसेनस्थानचोकबाट सुरु भएको जात्रा नारायणस्थान चोक, प्रशासनचोक, दनाइँफाँट चोक, शेरा चोकमा जात्रा देखाएर पुनः भीमसेनस्थान चोकमा आएर टुंगिएको थियो ।

‘रोपाइँजात्रा नेवार वस्ती भएका सबै ठाउँमा निकाल्ने गरिन्छ,’ नेवा खलस्का उपाध्यक्ष कृष्णलाल प्रधानले भने । उनका अनुसार व्यापार व्यवसायमा बढी रुचि राख्ने नेवार समुदायले मनोरञ्जनका लागि रोपाइँ जात्राको सुरुवात गरेको हुन् ।

जात्रामा पञ्चेबाजा बजाएर, महिलाको पहिरन लगाएर पुरुषहरू अनेक शृङ्गार गरी सडकमा धान रोपाइँको अभियन गरिन्छ ।

सहनाइमा असारे भाका निकालेर, नरसिंगा, ढलकी, झ्याली र दमाह बजाएर त्यसैको तालमा महिलाको भेषमा सजिएका पुरुषले खेत रोपेको अभिनय गर्ने गरिन्छ । नाग पञ्चमिको दिनदेखि लाखे नाच, गाइजात्रा, रोपाईजात्रा लगायतका जात्रा तीज सम्म निकाल्ने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर