ट्राफिक व्यवस्थापन गर्न नसके किन बस्नु पदमा ? — OSNepal

ट्राफिक व्यवस्थापन गर्न नसके किन बस्नु पदमा ?

LC (KTM) August 22, 2022 0

रुषा थापा

काठ्माडौँको ट्राफिक व्यवस्थापन गर्न जिम्मा पाएका ट्राफिका प्रमुख मीरा चौधरीले ट्राफिक व्यवस्थापन गर्न सकेका छैनन् । उनले ट्राफिक व्यवस्थापन सही रुपले गर्न नसक्दा आज जनतालाई दुःख हैरानी भइरहेको छ । जताततै ट्राफिक जाम भएकाले काठ्माडौँ नै अस्तव्यस्त देखिन्छ । ट्राफिक जामका कारण नै अस्पताल जान, कार्यालय जान , विघालय जान मानिसहरु समयमै घरबाट निस्के पनि ठिक समयमा पुग्न पाउँदैनन् । अब झन् दशैँको समय आएको छ ।

यसबेला पनि ट्राफिकप्रहरीकहरुले सही रुपमा वा कडा रुपले नियन्त्रण नगरेरमा मानिसहरु अकालमै मर्ने छन् । जनता महंगो पैसा तिरेर गुन्द्रक खादेँको जसरी आफ्नो घर जाँदा बाटामै गाडि दुर्घटनामा पर्ने गर्छ र दशैँको साटो दसा लाग्छ । अनि ट्राफिक प्रमुख मीरा चौधरी भने चाहिँ काम गर्न छोडेर घाम तापेर बस्ने ।ट्राफिक व्यवस्थापन गर्न नसक्ने ट्राफिक प्रमुख चौधरीलाई अब गृह मन्त्रालयले सरुवा गर्नुपर्छ र ट्राफिक व्यवस्थापन सही रुपले गर्न सक्ने नयाँ प्रमुख ल्याउनुपर्छ । गृह मन्त्रालयले असक्षम वा काम गर्न नसक्ने मानिसलाई जिम्मेवारी पदमा राख्नुहुदैँन । काम नगर्ने तर अन्र्तवार्तामा ठुल्लठुल्ला कुरा गर्ने । जनताको लागि भनेर आएको मानिसले त जनताको लागि काम गर्नुपप्यो नि त । जनताले तिरेको करबाट तलबभत्ता खाने , सरकारी गाडी चढ्ने तर जनता र राष्ट्रलाई फाइदा हुने काम नगर्ने ।

अहिले गल्ती गर्ने सवारीलाई ५ सयदेखि हजार जरिवाना लिइन्छ अब ट्राफिक महाशाखले गल्ती गर्ने सवारीलाई ५ हजारदेखि १० हजारसम्म जरिवाना तिराउने भनेर निर्णय गरेमा मानिसले गल्तीपनि गर्दैनन् र राज्यलाई पनि राम्रो फाइदा हुन्छ । जनताहरुका अनुसार ट्राफिकहरु सवारीसाधनहरुले गल्ती गर्दा चिट वा रसिद नकाट्ने ५ सय लिएर छोड्ने गर्छन् ।आजभोलि पनि ट्राफिकहरुले राज्यको ढुकुटीमा जानुपर्ने पैसा आफ्नो खल्तीमा हाल्ने बेथिति कायमै छ । यसको अन्त्य कहिले हुन्छ । सरकारले जतिसुकै तलबभत्ता तथा सेवासुविधा बढाए पनि यिनीहरुलाई पुग्दैँन । यसबाट सरकारले यिनीहरुलाई सुनको हार ल्याइदिए पनि घुस खान बन्द नहुने कुरा साबित हुन्छ ।

प्रत्येक नागरिकहरुको मनमा अहिले सरकारी कर्मचारी भनेको घुसिया र भ्रष्टाचारी हुन् र यिनीहरु राष्ट्र र जनताका लागि होइनन् भन्ने कुराको छाप परिसकेको छ । यता यातायात व्यवसायीहरु पनि हामी ट्राफिकलाई हप्तामा बुझौछौँ र नबुझाएमा गाडि समातेर हैरान गर्छन् भन्ने कुरा खुल्ला रुपमा बताउँछन् । अनि यो हप्ता भनेको तै के होला नि त । पैसा नै त होला होइन र । नयाँ नीति बनाउन नसक्ने र भएको पनि कार्यान्यन गर्न नसक्ने प्रमुखलाई अब हटाउनुपर्छ । ट्राफिक जाम धेरै नै हुने हुँदा जनताले दुःख पाएका छन् , यातयात व्यवसायीहरुले सरकारले तोकेकोभन्दा महंगो भाडा लिइरेहको छ तर अनुगमन छैन । ट्राफिक महाशाखाहरु जहिले पनि अनुगमन गर्नका लागि कर्मचारी वा स्रोतहरुको अभाव रहेको बताउँदै जागिर खाने , दिन कटाउने र पेन्सन पकाउने काम गर्छन् । यिनीहरुलाई केही कार्यक्रम गर्नुपरेमा पनि जनता ठग्ने यातायात व्यवसायका नेता र मजदुर संगठनका नेता ल्याएर अतिथि बनाउँछन् । अनि कसरी हुन्छ त ट्राफिक व्यवस्थापन र देश विकास ।

जनता ठग्ने जतिलाई कारबाही नगरी अतिथि बनाउँछन् त अनि जनता र राष्ट्रले दुःख नपाएर अरु कसले पाउँछ । दुर्घटना हुनबाट बचाउन र जोखिम नियन्त्रण गर्नका लागि केही उपाय तथा व्यवस्थापन भने छैन तर मानिस मरेपछि खबर सार्वजनिक गर्ने भने आउँछ । सरकारले के यँही भएर ट्राफिक राखेको हो । सरकार ट्राफिक जनताको लागि कि यातायात व्यवसायीको लागि । दिनहुँ यति धेरै मानिसहरु दुर्घटनामा परेर मर्दा पनि ट्राफिक महाशाखाले अहिले पनि कसरी दुर्घटना नियन्त्रण गरेर मानिस बचाउन सकिन्छ भन्ने कुराको खोजी गरेको देखिदैँन । अहिले दिनहुँ ११ जना मानिसहरु दुघर्टनाका कारण मरिरहेका छन् । अब पनि ट्राफिक महाशाखले यसलाई नियन्त्रण गर्न कुनै उपाय नअपनाएमा अझै कति मानिसहरु मर्ने छन् । बाटो र सवारीसाधनहरुका बारेमा जनतालाई कसरी सचेत गराउने र कलिलो उमेर वा नपढेका मानिलाई लाइसेन्स नदिने भनेर अहिले पनि केही निर्णय गरिएको छैन ।

अहिले पनि बाटामा २० वर्ष पुगेका, नम्बरप्लेट मेटिएका , ठुल्लठुल्ला आवाज निकाल्ने , हर्न बजाउने , मापासे गरेर सवारीसाधनहरु चलाउने गाडिहरु प्रशस्त भेटिन्छन् तर ट्राफिकहरु त्यस्ता गाडिहरुको अनुगमन पनि गरेको छैन र कारबाही पनि गरेको छैन । यसले गर्दा दुर्घटना बढेको छ भने राज्यको ढुकुटीमा आउनुपर्ने राजस्व गुमिरहेको छ ।
यता सार्वजनिक सवारीसाधनहरुमा मानिसहरुलाई भेडाबाख्रा कुचाएको जसरी हालिरहेको छ , टयाक्सीहरुले मिटरमा यात्रु बोक्ने वा नजिककै लैजान नमान्ने , फुटपाथ तथा नो पार्किङ्गमा सवारीसाधनहरु पार्किङ्ग गरिएर राखेको हामी आजभोलि पनि देख्छौँ तर अनुगमन र कारबाही एउटै छैन । ।कति ठाउँहरुमा त अहिले पनि ट्राफिक लाइटहरु रहेको छैन र भएको पनि बिग्रिएर बलेको छैन ,त्यसलाई व्यवस्थापन गर्न पनि केही पहल गरिरहेको जस्तो देखिदैँन ।

अहिले पनि कति ठाउँमा आकाशे पुल छैन र भएको जेब्रो क्रस पनि टाढा वा मेटिएर नदेख्ने भएको छ । यसरी जेब्रो क्रस वा आकाशे पुल नहुँदा पारिको मानिस वारि जान र वारिको मानिस पारि जान पनि ट्राफिकहरुले केही सहयोग गरेको जस्तो देख्दैँन जसले गर्दा दुर्घटनाहरु धेरै बढिरहेको पाइन्छ । सिधासाधी जनताहरु हतारमा बाटो काट्दा ट्राफिकले सहयोग नगरेपछि मरिरहेका छन् तर ट्राफिकहरुलाई अहिलेपनि ट्राफिक महाशाखाले जनतालाई सहयोग गर्नुपर्छ भन्ने ज्ञान दिएको छन । यता बेलुका ५ बजेपछि भाडाको गाडि चढ्नका लागि मानिसहरुको हानाथाप हुने गर्छ । क्युमा चल्ने गाडिहरु रिजर्भ जाने र गाडिको संख्या कम हुने गर्दा धेरै नै भिड हुने गर्छ । यता यात्रु चढ्ने र झर्ने स्टपमा गाडिहरु यात्रुलाई कुराएर ५ मिनेटदेखि आधा घण्टासम्म राख्ने गर्छन् तर कारबाही छैन ।

पछााडि ट्राफिक जाम भइसक्छ , यता गाडिमा चढ्ने यात्रुलाई पनि आफ्नो जाने स्थानमा जान ढिलो भइसक्छ तर गाडि भने रुकेर बस्छ । भाडाका गाडिहरुमा विभिन्न कम्पनीहरुको विज्ञापन राखिएको पाइन्छ तर कारबाही छैन । यता ढुवानी गाडीहरु रातीको ९ बजेबाट ४ बजेसम्म मात्र चल्ने भनेर सरकारले भने पनि दिउँसो चल्दा ट्राफिक प्रहरीहरुले कारबाही गरेको छैन । स्कूलको बसहरुमा पनि विघार्थीहरुलाई उभाएर हिडेको वा मापासे गरेर सवारीसाधनहरु चलाइरहेको छ तर अनुगमन छैन ।एयरर्पोटमा सञ्चालन हुने हरियो प्लेटको टयाक्सीले स्वदेशी वा विदेशीलाई सरकारले तोकेको भाडाभन्दा १० प्रतिशत बढी लिएर ठगीरहेको छ तर अनुगमन छैन ।
विदेशी बोक्ने हरियो प्लेटको बसले पनि विदेशीलाई महंगो पैसा लिइरहेको , पानी बोक्ने टयान्करहरुले पनि मनलागी पैसा लिएको , लामो रोडमा चल्ने गाडीहरुको टिकट काउण्टरले पनि यात्रुसँग महंगो पैसा लिएरहेको छ यता सरकारले तोकेको टयाक्सीका लागि भाडा चढ्नेबित्तिकै ५० र प्रत्येक किलो ५० छ तर मिटरमा जाँदा २ सय लाग्ने बाटोमा यात्रुलाई मिटरमा नलग्ने र २ सयको ठाउँमा ५ सय लिने गर्छन् तर अनुगमन छैन ।
अहिले कति दुई पाङ्ग्रे सवारीसाधनहरु हेलमेट नै नलगाई सवार गरिरहेको , सहचालक तथा चालकहरुले जुत्ता लगाएर गाडि चलाउनुपर्ने तर चप्पल लगाएर चलाएको भेटिन्छ तर कारबाही हुदैँन ।बाटामा गुडिरहेका सवारीसाधनहरुको कागजपत्र सही छ वा छैन भनेर पनि ट्राफिकहरुले चेकजाँच गरेको भेटिदैँन ।

बाटामा गुड्ने कति गाडिहरुको अगाडि साइटको सिसा वा झप्यालको सिसा पनि फुटेको छ तर अनुगमन छैन । ट्राफिकहरुले ट्राफिक नियम पालना नगर्ने सवारीसाधनहरुलाई कारबाही नगर्दा राज्यको ढुकुटीमा पनि राजस्व आएन । यता दुर्घटना तथा ट्राफिक जाम पनि व्यवस्थापन भएन । अहिले पनि फुटपाथ तर सडकमा पसल राख्नेहरुलाई कारबाही गरिएको छैन । अहिले बाटामा गुडेका सवारीसाधनहरुमा कतिको कागजपत्र फेल भएको छ भने कतिको त बिलबुक, रोडपर्मिेट र कागजपत्र नै छैन । यसको अनुगमन ट्राफिक महाशाखाले नगर्दा जनताको ज्यान जोखिममा परिरहेको छ भने राज्यको ढुकुटीमा राजस्व आउन बन्द भएको छ ।

ट्राफिक महाशाखाहरुले जनताको गुनासो सुन्नुपर्छ भनेर आफ्नो सम्पर्क नम्बर नदिने वा दिएपनि सम्पर्क नै नहुने नम्बर दिने गर्छन् । भाडाको गाडिमा जसरी भाडादर राखिएको हुन्छ त्यसरी नै ट्राफिक महाशाखाको नम्बर किन राखिदैँन । यदि कोही जनता समस्यामा परिरहेका छन् भने उसले कसलाई सम्पर्क गर्ने । पछिल्लो समय ट्राफिक महाशाखा जनताको लागि नभई यातायात व्यवसायीहरुका लागि हुन् भनेर हरेक नागरिक बताउँछन् ।
उपत्यकाभित्र बेलुका साँझ परेपछि भाडाका गाडिहरु पाइदैँन ।जनतालाई कि महंगो पैसा तिरेर पठाऊ वा टयाक्सी चढ्नुपर्छ होइन भने हिडेर घर जानपर्ने बाध्यता रहेको छ । पैसा हुने त राती जुनसुकै समयपनि घर जान सक्छन् तर पैसा नहुने तै के गर्नु नि त । यातायात व्यवस्था विभागले भाडाको क्युमा चल्ने गाडिहरु रातिको ११ बजेसम्म चल्नुपर्छ भनेर निर्णय गरेपनि यातायात व्यवसायीहरुलाई कमाइ पुग्नेबित्तिकै बेलुका ६ बजे गाडी थन्काउने गर्छन् तर कारबाही छैन ।

भाडाको गाडि भनेर दर्ता गर्छन् तर निजी प्लेटको जस्तो गरेर मनलागेको समय वा कमाइ पुग्नेबित्तिकै थन्काउँछन् । यस्ता सवारीसाधनहरुलाई पनि ट्राफिक महाशाखाले कारबाही गर्दैन । अहिले उपत्यकाभित्र धेरै नै प्रदुषण, दुघर्टना बढिरहेको छ यसलाई नियन्त्रण गर्न भाडाका गाडिलाई १५ बस पुगेपछि र निजी प्लेटको २० वर्ष पुगेपछि विस्थापन गर्ने भनेर कुनै निर्णय वा पहल गरिदैँन । सरकारी गाडिहरु सरकारी बिदा वा बिहान, बेलुका चलिरहेको पाइन्छ तर कारबाही छैन साथै गल्ती गर्ने सवारीसाधनहरुलाई कारबाही गर्दा लिर्नुपर्ने राजस्व अहिले कम छ तर त्यसलाई बढाउनुपर्छ भने कुनै निर्णय गरिएको छैन ।

सवारीसाधनहरुमा चालकहरुले आजभोलि ठुलो आवाजमा गीत बजाउँछन् जसले गर्दा दुर्घटना बढ्ने वा हुने, लामो रोडमा चल्ने गाडिमा दुई चालक नराख्दा चालक निदाएर गाडि दुर्घटनामा परेर मानिस अकालमै मरिरहेका छन् तर अनुगमन र कारबाही भने छैन । यता गाडिको प्रदूषण फेल भएको गाडिहरु धुँवाको लर्को फालेर गुडिरहेको छ भने यातायात व्यवसायीहरुले जेष्ठनागरिक, अपाङ्गता र विघार्थीहरुलाई छुट दिदैँनन् र यसको अनुगमन ट्राफिकहरु पनि गर्दैनन् ।

भाडाका गाडिहरुमा जेष्ठनागरिक तथा महिलाहरुका लागि भनेर सरकारले सिट निर्धारण गरेपछि उनीहरु उभिएर नै जानुपर्ने बाध्यता छ ।साथै व्यवसायीहरु यात्रुसँग पैसा लिन्छन् तर टिकट तथा बिल दिदैँनन् तर यसको कारबाही पनि हुदैँन ।सरकारले दुर्घटना वृद्धि भयो भनेर गाडिको छतमा मानिस नराख्ने भनेर निर्णय गरेको थियो तर अहिले पनि छतमा मानिस राखेर गुडिरहेको भेटिन्छ । भाडाको गाडि चलाउने सहचालक तथा चालकहरुले यात्रुसँग कहिल्यै राम्रो बोलीवचन गर्दैन । चालक तथा सहचालकहरु पनि सफा हुदैँनन् र गाडि पनि सफा हुदैँन । जनताले पैसा तिरेर गाडि चढेपनि न राम्रो बोलीवचन पाउँछन् न त राम्रो गाडि नै पाउँछन् । अब स्कूल ,कलेजको बसलाई अफिस टाइमभन्दा छिटो वा ढिलो चलाउने भनेर निर्णय गरेमा ट्राफिम जाम नियन्त्रण हुने छ ।

जनता ट्राफिक महाशाखाको प्रमुखलाई सोध्छन् के हाम्रो करबाट तलबभत्ता र सरकारी गाडि चढन मात्र प्रमुख भएको हो । अब ट्राफिक प्रमुखले कि त काठ्माडौँको ट्राफिक व्यवस्थापन छिटोभन्दा छिटो गर्नुपप्यो होइन भने हट्नुपप्यो । हाल ट्राफिक जाम जटिल समस्या बन्दै गएको छ । यसलाई नियन्त्रण गर्न के के गर्ने । नयाँ निजी प्लेटको गाडि बन्द गर्न मन्त्रालयमा प्रस्ताव लैजाने कि । उपत्यकाभित्र भिडभाड हुने फिल्महल, भाटभटेनी, सोरुम, पसलहरु तथा व्यवसायीहरुलाई बाहरी ठाउँमा सार्ने ।

त्यस्तै कालीमाटी, बल्खुहरुमा रहेको तरकारी तथा फलफूल पसलहरु उपत्यकाबाट बाहिर सार्ने र साथै बसपार्क, पुराना बसपार्क पनि बाहिर सार्नुपर्छ । अब उपत्यकामा जसले सवारीसाधन किन्छ उसलाई पहिला नै पार्किङग गर्ने ठाउँ मिलाउनुपर्छ भनेर निर्णय गर्नुपर्छ र पार्किङ्गको व्यवस्थापन गर्न नसक्ने मानिसहरुले घर भाडामा लगाउन नपाइने भनेर निर्णय गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर