कोरियाबाट फर्किएका सुनिल र जापानबाट फर्केकी श्रीमतीले सञ्चालन गरे बङ्गुर फार्म — OSNepal

कोरियाबाट फर्किएका सुनिल र जापानबाट फर्केकी श्रीमतीले सञ्चालन गरे बङ्गुर फार्म

LC (KTM) August 25, 2022 0

म्याग्दी-म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलमा कोरियाबाट फर्किएका सुनिल बानियाँ र जापानबाट फर्केकी उहाँकी श्रीमती निरुता भण्डारीले सञ्चालन गरेको बङ्गुर फार्म । तस्बिर ः ध्रुवसागर शर्मा÷रासस

ताप्लेजुङमा एकीकृत समाजवादीद्वारा उम्मेदवार सिफारिस
आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्नो उम्मेदवारको टुङ्गो लगाएको छ ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष छिरिङ लामाका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ हर्क यक्सो, कल्पना तुम्बाहाम्फे र मुकुन्द भट्टराईको नाम सिफारिस गरिएको छ । यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ अम्बिका राजभण्डारी, डम्बरबहादुर तुम्बाहाम्फे र त्रिलोचन गुरागार्इंलाई सिफारिस गर्ने निर्णय भएको अध्यक्ष लामाले बताउनुभयो ।

यस्तै प्रदेशसभा (क) को प्रत्यक्षतर्फ शम्भु गौतम, सुनिता मादेन र डालकुमार गुरुङ तथा प्रदेशसभा (ख)को प्रत्यक्षतर्फ खेमबहादुर वनेम, मञ्जु पौडेल भट्टराई र ठाकुरसिंह नाल्वोलाई उम्मेदवार बनाउन सिफारिस गर्ने निर्णय गरिएको छ । प्रदेशसभा (क) को समानुपातिकतर्फ नीताकुमारी सिवा र अमर लोहार तथा प्रदेशसभा (ख) तर्फ आरसी पोमु र देवीमाया नेपालीको नाम सिफारिस गरिएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर