काठमाडौं ९ भदौ । व्यापारीहरुको संस्था काठमाडौं उद्योग वाणिज्य संघले महानगरका मेयर बालेन साहले शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ । महानगरले अवैध रुपमा संरचना भत्काउन सुरु गरेपछि साना व्यापारीहरु मर्कामा परेको भन्दै संघले गम्भीर आपत्ति जनाएको हो ।
संघका अध्यक्ष दिनेश श्रेष्ठले घरधनी र महानगर बीचको विवादको भुङ्ग्रोमा व्यापारीलाई पारिएको भन्दै उनले मेहर साहलाई प्रश्न गरे, ‘अहिलेको विवाद घरबेटी र महानगरको हो, यसमा किन साना व्यवसायीको बिचल्ली बनाइयो ?
‘जननिर्वाचित मेयरले शक्तिको दुरुपयोग गरे, आफ्नो कर तिरेको सम्पत्तिमा आफ्नो अधिकार किन हुन्न ?’
दशैंको मुखैमा भएको यो अभियानले व्यवसायी माथि अन्याय भएको भन्दै उनले संघको आपतकालीन बैठक बोलाइने बताए ।