लोकप्रिय गायक सत्यराज आचार्यको स्वर रहेको 'राजकुमार'मा सत्य र रिमाको गज्जब अभिनय, हेर्नुहोस् भिडियो — OSNepal

लोकप्रिय गायक सत्यराज आचार्यको स्वर रहेको ‘राजकुमार’मा सत्य र रिमाको गज्जब अभिनय, हेर्नुहोस् भिडियो

LC (KTM) August 26, 2022 0

काठमाडौं :

लोकप्रिय गायक सत्यराज आचार्यको स्वर रहेको प्रेम, रोमान्स र विरहले भरिएको राजकुमार बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक दाजुभाई सत्य स्वरुपकै आफ्नै च्यानलबाट बजारमा आएको राजकुमार बोलको गीतमा गायक आचार्यसँग सुन्दरी मोडल रिमा मिधुन मगर र सिर्जन भट्राईको अभिनय रहेको छ ।

पदम लोहारको शब्द शृजना रहेको गीतमा आफ्नो प्रेमीलाई सम्झिएकी प्रेमीका र प्रेमीकालाई सम्झिएका प्रेमीको विरह र रोमान्सको कथालाई निर्देशक तोषित घतानेले कलात्मक शैलीमा तयार पारेका छन् ।

पदम लोहारकै निर्माण रहेको भिडियोको छायांकन रञ्जन महत र सम्पादन तोषित घतानले गरेका हुन् । जसको कोरियोग्राफी सिर्जन भट्राईले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर