रोहित सम्मिलित केडिरीको छैटौं हार — OSNepal

रोहित सम्मिलित केडिरीको छैटौं हार

LC (KTM) August 28, 2022 0

काठमाडौं, १२ भदौ :

नेपाली राष्ट्रिय फुटबल टिमका रक्षक रोहित चन्दसम्मिलित पर्सिक केडिरीले इन्डोनेसियन लिगा वानमा छैटौं पराजय बेहोरेको छ । लिगमा हालसम्म जितविहीन रहेको केडिरी शनिबार बाली युनाइटेडसंग ४(० ले पराजित भयो । बालीको जितमा इर्फान जाया, इलिजा स्पासोजेभिच, इभर बेसा र लेर्बी इलियन्ड्री बारुले गोल गरे ।

खेलको आठौं मिनेटमा जायाले गोल गर्दै बालीलाई अग्रता लिएका थिए । ६३औं मिनेटमा स्पासोजेभिचले बालीको अग्रता दोब्बर पारे । यस्तै, ७०औं मिनेटमा बेसाको गोलबाट तेस्रो अग्रता लिएको बालीले ८२औं मिनेटमा बारुले चौथो गोल गरे ।

खेलमा रोहितले निर्धारित ९० मिनेट नै मैदानमा बिताएका थिए ।

लिगा वानमा सात खेल खेलेको केडिरीको यो छैटौं हार हो । सात खेलबाट १ अंक जोडेको केडिरी तालिकाका पुछारमा छ । यता, सात खेलबाट १५ अंक जोडेको बाली तालिकाको दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर