कांग्रेसलाई एक सय सिट चाहिन्छ : डा शेखर कोइराला — OSNepal

कांग्रेसलाई एक सय सिट चाहिन्छ : डा शेखर कोइराला

LC (KTM) August 28, 2022 0

काठमाडौं १२ भदौ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गठवनधन आजको आवश्यकता रहेको बताएका छन् । आइतबार नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ ले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै डा कोइरालाले यस्तो बताएका हुन् ।

कांगेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको बताएका उनले गठबन्धन दलसँग कम्तिमा पनि एक सय सिटमा कांग्रेसले सहमति गर्नुपर्ने बताए ।

साथै,उनले गठवन्धन सरकारलाई पार्टी र सरकारमा सुशासन र पारदर्शीता हुनुपर्ने भन्दै जनताप्रति उत्तरदायी भएर जनताको काम छिटो गर्न पनि सुझाव दिए । आगामी निर्वाचनबाट मुलुकमा दण्डहिनताको अन्त्य कांग्रेसले चाहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर