दक्षिण भारतीय फिल्म 'गडफादर'को सुटिङका लागि भारतीय अभिनेता चिरञ्जीवी र सलमान खान नेपाल आउँदै, मुस्ताङमा छायांकन हुने — OSNepal

दक्षिण भारतीय फिल्म ‘गडफादर’को सुटिङका लागि भारतीय अभिनेता चिरञ्जीवी र सलमान खान नेपाल आउँदै, मुस्ताङमा छायांकन हुने

LC (KTM) September 01, 2022 0

काठमाडौं :

बलिउड अभिनेता सलामान खान र दक्षिण भारतीय अभिनेता चिरञ्जीवीले अभिनय गर्न लागेको चलचित्र ‘गडफादर’ नेपालमा छायांकन हुने भएको छ । मुस्ताङको जोमसोम आसपासमा छायांकन हुने उक्त चलचित्रमा अभिनेत्री नयनताराको समेत मुख्य भूमिका रहने जनाइएको छ ।

चलचित्रमा चिरञ्जीवी र सलमान मुख्य कलाकारका रुपमा प्रस्तुत हुने छन् । ‘गडफादर’ मा चिरञ्जीवीको प्रमुख भूमिका रहने छ भने सलमानले उनको भाइको भूमिकामा अभिनय गर्ने जनाइएको छ । यी दुवै अभिनेता आगामी सेप्टेम्बरमा चलचित्रको छायांकनका लागि नेपाल आउने निर्माण पक्षले जनाएको छ । चलचित्रको निर्माण पक्षले छायांकन गर्न चाहेको जोमसोम क्षेत्रको अवलोकन गरिसकेको छ ।

उक्त अवलोकन भ्रमणमा भारतीय र दक्षिण भारतीय चलचित्र उद्योगमा संलग्न राजेन्द्र घिमिरेको समेतसौर्य दैनिकमा खबर छ । सहकार्य रहेको जनाइएको छ । ‘गडफादर’ मा लाइन प्रोड्युसरका रूपमा संलग्न घिमिरेका अनुसार चिरञ्जीवी र सलमान दुवै नेपाल आउने छन् । केही दिन पहिले अभिनेता चिरञ्जीवीको जन्मदिन पारेर ‘गडफादर’ को टिजर सार्वजनिक गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर