निर्माता रविन्दरसँग विवाह गरिन् टिभी अभिनेत्री भिजे महालक्ष्मीले , भनिन् 'तिमीलाई पाउँदा भाग्यमानी महसुस गरिरहेकी छु' — OSNepal

निर्माता रविन्दरसँग विवाह गरिन् टिभी अभिनेत्री भिजे महालक्ष्मीले , भनिन् ‘तिमीलाई पाउँदा भाग्यमानी महसुस गरिरहेकी छु’

LC (KTM) September 02, 2022 0

काठमाडौं –
सानो पर्दाकी अभिनेत्री तथा चर्चित कार्यक्रम प्रस्तोता भिजे महालक्ष्मीले विवाह गरेकी छन् । उनले चर्चित निर्माता रविन्दर चन्द्रशेखरणसँग बिहिबार विवाह गरेको भारतिय मिडियाले जनाएका छन् ।

उनीहरुको विहेमा आफन्त परिवार तथा साथीभाइको उपस्थिती रहेको थियो । आन्द्रप्रदेशको तिरुमाला तिरुपतीमा विवाह गरेका यो जोडीको बिहेको तस्बिरलाई इन्स्टाग्राममा सेयर गर्दै महालक्ष्मीले लेखेकी छिन्, ‘तिमीलाई आफ्नो जीवनमा पाउँदा म निकै भाग्यमानी महसुस गरिरहेकी छु । तिमीले मेरो जीवनलाई न्यानो मायाले पूर्ण गरिदिएका छौ । लभ यु अम्मु । ’

महालक्ष्मीले चर्चित तमिल टेलिश्रृङ्खला भानी रानी, अफिस, सेलामे, उथिरिपोक्कल, और कई ओसाईलगायतमा मुख्य भूमिका निर्वाह गरेकी थिइन। यिनै टेलिश्रृङ्खलाबाट उनले चर्चा बटुलेकी थिइन् । रविन्दर विभिन्न चर्चित टेलिश्रृङ्खला निर्माण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर