कलाकार जुंगे भट्टराईको दम रोगका कारण निधन, काठमाडौं ल्याउदै गर्दा बाटोमै गाडीमा अस्ताए — OSNepal

कलाकार जुंगे भट्टराईको दम रोगका कारण निधन, काठमाडौं ल्याउदै गर्दा बाटोमै गाडीमा अस्ताए

LC (KTM) September 04, 2022 0

काठमाडौं ।

कलाकार उद्धव भट्टराईको निधन भएको छ । ‘जुंगे भट्टराई’बाट परिचित भट्टराईको ६६ वर्षको उमेरमा दम रोगका कारण निधन भएको हो ।भेषभूषा संयोजन, कला निर्देशन तथा अभिनय गर्दै आएका भट्टराईबिरामीपछि बैतडी घर बस्दै आएका थिए । पछि उनलाई काठमाडौं ल्याउने क्रममा गाडीमै चितवन पुगेपछि शनिबार बिहान निधन भएको छ ।

लामो जुंगाका कारण उनी ‘जुंगे भट्टराई’ उपनामबाट चर्चित उनको शनिबार दिउँसो काठमाडौं पाशुपती क्षेत्रस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ ।आर्थिक अभावका कारण राम्रो उपचार पाउन नसकेका उनी लामो समय देखी दम रोगपीडित थिए ।

२०४५ सालमा ‘सन्तान’बाट कलाकार र कस्टुम डिजाइनरका रूपमा ‘करिअर’ थालेका उनको पछिल्लो समय ‘मेरी मामु’मा कला निर्देशकका रूपमा काम गरेपछि स्वास्थ्यमा समस्या आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर