छोडेर गएकी प्रियसीको यादमा जे.बि ले ल्याए "मेरै जस्तो लाग्छ" (भिडियो सहित) — OSNepal

छोडेर गएकी प्रियसीको यादमा जे.बि ले ल्याए “मेरै जस्तो लाग्छ” (भिडियो सहित)

LC (KTM) September 05, 2022 0

काठमाण्डौ-  स्थायी घर नेपाल दाङ र हाल पोर्चुगल रहेका लोकप्रिय गायक तथा सर्जक जे.बि ओली ले भर्खरै मात्र आफ्नो युट्युब च्यानल मार्फत एक निकै मन छुने वियोगान्त लोक दोहोरी गीत सार्बजनिक गरेका छन् । उक्त गीत “मेरै जस्तो लाग्छ” बोलको रहेको छ ।

उनले यो गीत सार्बजनिक गरे लगत्तै आफ्नो फेसबुक मार्फत शेयर गर्ने क्रममा, प्रदेशमा बसेर गायक बन्नु भनेको फलामको चिउरा चपाय जस्तै हो तर पनी आफ्नो कर्म भुलेको छैन भन्दै सम्पूर्ण आफ्ना दर्शक श्रोता समक्ष बिगतका आफ्ना प्रस्तुतिलाई जसरी मन पराइदिनु भयो उसै गरेर यस प्रस्तुतिलाई पनि साथ् दिनुहुन अनुरोश गरेका छन् ।

माथि उल्लेखित गीतलाई लय शब्द पनि जे.बि ले नै तयार पारेका हुन् भने स्वर जे.बि ओली र सन्ध्या घर्ति मगरको रहेको छ । जे.बि ओली अफिसिएल युट्युब मार्फत सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियोमा महेन्द्र गौतम, सारिका के.सी लगाएत कलाकारहरुको अत्यन्त घत लाग्दो अभिनय देख्न सकिन्छ । भिडियोमा आफुले मन पराएको मान्छेले अर्कैको सिन्दुर भएर पराई भएपछी, भुल्न नसकिएको कथा समाबेस गरिएको छ ।

“मेरै जस्तो लाग्छ” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन बिनोद भण्डारीले निर्देशन गरेका हुन् भने छायांकन करन चैसिर र सम्पादन मनोज कार्कीले गरेका छन् ।भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर