चर्चित किक्रेटर सन्दिप लामिछानेलाई लाग्यो बलात्कारको आरोप ! — OSNepal

चर्चित किक्रेटर सन्दिप लामिछानेलाई लाग्यो बलात्कारको आरोप !

LC (KTM) September 07, 2022 0

काठमाडौं ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने अहिले क्यारेबियन लिग खेल्न विदेशमा छन् ।

तर अहिले उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको छ । उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकका अनुसार सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगककी साथीले रहस्य खोलेपछि यो कुरा बाहिर आएको हो ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको उच्च सेतले उल्लेख गरेको छ ।

मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको र सो जाहेरी दर्ता गरेर अनुसन्धान गर्न एआईजी धानुकले निर्देशन दिइसकेको उल्लेख गरेका छन् । उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकका अनुसार जाहेरीका आधारमा अब अनुसन्धान अगाडी बढाइनेछ ।

सन्दीप क्यारेबियन लिग खेल्न जानुअघि बलात्कारको घटना भएको पिडितको दाबी छ ।

पिडित किशोरीसँग सामाजिक सञ्जालमार्फत सन्दीप नजिकिउका थिए । चिनजान भएको लामो समयपछि पीडित किशोरीसँग भेटघाटपछि प्रलोभनमा पारेर बलात्कार गरेको पिडितले दिएको जाहेरीमा उल्लेख छ । यस विषयमा सन्दिपले अहिलेसम्म केही बोलेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर