पिडित बालिकाको बयान : सन्दीपले आफ्नो निजी कारमा दिनभर घुमाए र रातभर होटलमा लगेर बलात्कार गरे — OSNepal

पिडित बालिकाको बयान : सन्दीपले आफ्नो निजी कारमा दिनभर घुमाए र रातभर होटलमा लगेर बलात्कार गरे

LC (KTM) September 07, 2022 0

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले एक नाबालिकालाई पटक पटक बलात्कार गरेको आरोप लगाएकी छिन् ।
प्रहरी वृत्त गौशालामा बुधबार लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता गर्दै पिडितले आफूलाई कप्तान लामिछानेले दुईपटक बलात्कार गरेको
प्रहरी वृत्त गौशालामा बुझाइएको जाहेरीमा उल्लेख छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराका अनुसार पिडित भनिएकी बालिका १७ वर्षकी छिन् । पिडित बालिका
आफ्ना एक साथीसँग गौशाला पुगेर प्रहरीलाई सबै कुरा बताएसँगै प्रहरीले तत्कालै जाहेरी दर्ता गरेको बताइएको छ ।

काठमाडौंको एक कलेजमा अध्ययनरत पीडित युवती लामिछानेकी ‘फ्यान’ भएको मौकालाई दुरुपयोग गर्दै लामिछानेले मौकाको फाइदा उठाएको युवतीको बयान सुन्दा त्यस्तो देखिन्छ एक प्रहरी अधिकारीले बताए । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रवीन्द्रबहादुर धानुक भन्छन् ‘पीडित उनको फ्यान भएकाले म्यानिपुलेट गरेको जस्तो देखिन्छ’ , ‘प्रायजसो स्न्यापच्याटमै कुरा हुने रहेछ ।’

प्रहरीका अनुसार सन्दीले केन्या उड्नु अघिल्लो दिन पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बोलाएर दुईपटक बलात्कार गरेको आरोप ति युवतीले लगाएकी छिन् । विदेश उडनु अघिल्लो दिन आफ्नो निजी कारमा बानेश्वर आएर युवतीलार्य कारमा राखेर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर प टक पटक बलात्कार गरेको उनले प्रहरीलाई दिएको बयानमा उल्लेख गरेकी छिन् ।

२५ वर्षका सन्दीपले होस्टलमा बस्दै आएकी ति युवतीलार्य सो रात होस्टल जान नदिई जबरजस्ती होटलमा राखेको उनको बयानका आधारमा अनुसन्धान सुरु गरेको छ । जाहेरी परे लगत्तै प्रहरीले पिंगलास्थान र नगरकोटमा गएको होटलको क्लोज सर्किट (सीसी) टीभी फुटेज संकलन कार्य थालेको छ । जसमा लामिछाने ५ भदौमा ती स्थानमा पीडितसँग गएको देखिएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर