सन्दीप लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी,विमानस्थलबाटै पक्राउ गर्ने तयारी — OSNepal

सन्दीप लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी,विमानस्थलबाटै पक्राउ गर्ने तयारी

LC (KTM) September 08, 2022 0

काठमाडौं २३ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ पुर्जी जारी गरिएको छ ।

काठमाडौंजिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न बिहीबार प्रहरीलाई अनुमति दिएको हो । प्रहरी उच्च श्रोतका अनुसार नेपाल फर्कने बित्तिकै उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गर्ने तयारी छ ।

सन्दिपविरुद्ध एक नाबालिक किशोरीले मंगलबार गौशाला प्रहरीमा बलात्कार गरेको भन्दैजाहेरी दिएपछि उनलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हो ।

हाल अहिले उनी क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिजको जमैकामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर