सबै निराधार आरोपहरूको सामना गर्न तयार छु, मैले सीपीएलबाट बिदा लिएर स्वदेश फर्किँदै छु - सन्दीप लामिछाने — OSNepal

सबै निराधार आरोपहरूको सामना गर्न तयार छु, मैले सीपीएलबाट बिदा लिएर स्वदेश फर्किँदै छु – सन्दीप लामिछाने

LC (KTM) September 09, 2022 0

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका क्रिकेटर सन्दीप लामिछानेले आफुमाथि लागेको सबै निराधार आरोपहरूको सामना गर्न तयार रहेको बताएका छन् ।

उनले सामाजिक संजालमा एक स्टाटस लेख्दै आफुमाथि लागेको सबै निराधार आरोपहरूको सामना गर्न तयार रहेको बताएका हुन् । उनले आफू निर्दोष रहेको बताउँदै सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय बताए ।

उनले लेखेका छन् । निर्दोष छु र नेपालको सम्मानजनक कानुनमा पूर्ण विश्वास राख्छु। मैले सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय गरेको छु। म यी सबै निराधार आरोपहरूको सामना गर्न तयार छु। न्याय मिलोस्। दोषी सबैमाथि निर्दोष र सही छानबिन होस्, कानूनले सबैलाई समान रूपमा कारबाही गर्ने आशा छ।

उनी बलत्कार मुद्धामा मुछिएपछि उनलाई क्रिकेटसंघले निम्बन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर