दार्चुलामा बाढी र पहिरोकोमा परेर २ जनाको मृत्यु: ४ जना बेपत्ता — OSNepal

दार्चुलामा बाढी र पहिरोकोमा परेर २ जनाको मृत्यु: ४ जना बेपत्ता

LC (KTM) September 10, 2022 0

काठमाडौँ ।

लास्कु खोला र महाकाली नदीमा आएको बाढीले दार्चुलामा २ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।

गएरातिदेखिको अविरल वर्षाले आएको बाढीले दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रका एक दर्जन घर बगेका छन् भने कैयौँ घरमा क्षती पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार बाढीमा बेपत्ता हुनेहरु एकै परिवारका ४ जना हुन् । त्यस्तै नौगाडमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको निमित्त प्रमुख प्रहरी मगरले जानकारी दिए ।

राती भिषण बर्षाका कारण उद्धार गर्न नसकिए पनि अहिले वर्षा रोकिएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार कार्यमा खटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर