इन्द्रजात्रामा डवलीमा जिब्रो छेड्दै गजु श्रेष्ठ — OSNepal

इन्द्रजात्रामा डवलीमा जिब्रो छेड्दै गजु श्रेष्ठ

LC (KTM) September 11, 2022 0

येयाः पुन्ही (इन्द्रजात्रा) का अवसरमा शनिबार राति मध्यपुर थिमि दिगु भैरव मन्दिर अगाडिको डवलीमा जिब्रो छेड्दै मध्यपुर थिमि– ४ बालकुमारीका वीरेन्द्र भक्त गजु श्रेष्ठ । फलामको करिब एक फिट लामो तीन वटा जोडिएको सियोले कर्मी नाइकेले जिव्रो छेडिएको हो ।

छेडसिकेपछि दिगु भैरव, दुईपोखरी, बालकुमारी, शङ्खचोक, सूर्यविनायक नपाको दक्षिण बाराही, परिक्रमा गरेर पुनः मध्यपुर थिमिको चपाचो, बाहाखा, नगदेश, बोडे हुँदै बालकुमारी मन्दिरमा पुगेर सियो निकालिएको गियो । करिब २० केजीको अद्र्ध चन्द्राकार भ्ये (दीप) काधमा बोकेर करिब ४ घण्टा नगरको विभिन्न ठाउँ परिक्रमा गरिएको थियो । यसअघि २०७४ मा पनि उहाँले नै जिब्रो छेडेका थिए । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर