गण्डकी प्रदेश सरकारक मन्त्रिपरिषदको कार्यालय परिसरबाट पाँच जना कर्मचारी पक्राउ — OSNepal

गण्डकी प्रदेश सरकारक मन्त्रिपरिषदको कार्यालय परिसरबाट पाँच जना कर्मचारी पक्राउ

LC (KTM) September 11, 2022 0

काठमाडौं २६ भदौ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा धर्ना र विरोधमा उत्रिएका ५ कर्मचारी पक्राउ परेका छन् ।

सरकारले अध्यादेशमार्फत ल्याउन लागेको प्रदेश निजामती ऐनको विरोधमा स्थानीय तहका निजामती कर्मचारीहरु विरोधमा उत्रिएका हुन् ।

साथै सरकारले ल्याउन लागेको ऐनले स्थानीय तहका कर्मचारीलाई कुण्ठित र प्रदेशमा बढुवा हुन प्रतिस्पर्धा गर्न रोकेको कर्मचारी आन्दोलनमा उत्रिएका थिए ।

ब्यानर निकालेर नाराबाजी गर्न लागेपछि तिन पाँन जना कर्मचारी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिकाका वित्त व्यवस्थापन महाशाखा प्रमुख जयराम पौडेल, सहकारी महाशाखा प्रमुख भरतराज पौडेल र चन्द्रकान्त तिमिल्सिना लगायत ५ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर