२ सेकेण्डले बाँचेकी यी महिलाको भिडियो सामाजिक संजालमा भाइरल, को हुन् ति महिलालाई बचाउने यी सुपरहिरो ? — OSNepal

२ सेकेण्डले बाँचेकी यी महिलाको भिडियो सामाजिक संजालमा भाइरल, को हुन् ति महिलालाई बचाउने यी सुपरहिरो ?

LC (KTM) September 13, 2022 0

काठमाडौँ । मृत्यु निश्चित छ । को कतिबेला मर्छ कसैलाई थाहा छैन । तर पुर्नजीवन पाएको कुराबारे मानिसले महशुस भने गर्न सक्छ ।

यस्तै दृश्य सहितको भिडियो अहिले सामाजिक सञ्जालमा य भाइरल बनेको छ । केही परको आकाशेपुलबाट पारी तर्न अल्छी मान्दै रेलको लिकबाट बाटो काट्न उनी तल झर्छिन् । महिला रेलको लिकबाट माथि उक्लिन नसकेपछि उनलाई एक पुरुषले सहयोग गर्छन् ।

जसै महिला माथि आइपुग्छिन्, त्यसको २ सेकेण्डमै रेल आइपुग्छ र उनले पुर्नजीवन प्राप्त गर्छिन् । अर्थात अरु २ सेकेण्ड ढिलो भएको भए ती महिला रेलकै लिगमा मर्न सक्थिन् । भाग्यले साथ दिएर उनले पुर्नजीवन पाइन् ।

तर अचानक त्यहाँ पुगेका पुरुषले फिल्मी शैलीमा उनको ज्यान जोगाउन मद्धत गरेका कारण सामाजिक सञ्जालमा धेरैले उनलार्य सुपर हिरोको उपमा दिएका छन् । जो सोही स्थानका रेल्वे कर्मचारी समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर