‘झिँगे दाउ’ हेर्न सँगै पुगे प्रकाश र केकी : केकी र प्रकाशको ‘बरिलै’पछि झाँगिएको मित्रता — OSNepal

‘झिँगे दाउ’ हेर्न सँगै पुगे प्रकाश र केकी : केकी र प्रकाशको ‘बरिलै’पछि झाँगिएको मित्रता

LC (KTM) September 13, 2022 0

काठमाडौँ ।

हाल प्रर्दशनमा रहेको चलचित्र ‘झिँगे दाउ’को चर्चा सर्वत्र छ । माउथ पब्लिसिटी बढ्दै गएपछि ‘झिँगे दाउ’ को व्यापार पनि रफ्तारमा अगाडि बढीरहेको छ ।

मुकुन भुषाल र केकी अधिकार, आँचल शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको फिल्म हेर्न नायिका केकी आफ्ना मिल्ने साथी प्रकाश सपुतसँग सिभिल मलमा पुगिन् ।

मिडियाकर्मीबाट घेरिँदा प्रकाश भने लजाउँदै मास्क खोल्न मानेनन् भने केकीले आफ्नै फिल्म भएका कारण संचारकर्मीको सामना गरिन् । दोस्रो हप्तामा लागेपछि फिल्मले झनै आक्रामक ब्यापार गरेको छ ।

आँफुले अभनिय गरेको फिल्म देखाउन केकीले साथी प्रकाशलाई साथमा नै लिएर गएपछि मिडियाको नजर उनीहरुमाथि पर्यो । फिल्म हेरेपछि पनि केकी र प्रकाशले एकसाथ प्रतिक्रिया दिए र बाहिरिए । प्रकाश सुपतसँग ‘बरिलै’ बोलको गीतमा काम गरेपछि केकी उनीसँग नजिक छिन् ।

प्रकाशको व्यक्तित्व र शैलीबाट आफू प्रभावित भएको केकीले बेला बेलामा बताउँदै आएकी छिन् । केकी र प्रकाशले अभिनय गरेको फिल्म ‘परदेशी २’ फागुणमा रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर