‘प्रेमगीत ३’ को हिन्दी भर्सन असोज ७ मा रिलिज हुने — OSNepal

‘प्रेमगीत ३’ को हिन्दी भर्सन असोज ७ मा रिलिज हुने

LC (KTM) September 14, 2022 0

काठमाडौं :

फिल्म ‘प्रेमगीत ३’ को हिन्दी भर्सन पनि ७ असोजमै रिलिज हुने भएको छ । पहिले नेपाली र त्यसको एकसातापछि हिन्दीमा रिलिज हुने बताइएको भए पनि अब भने दुबै भर्सन एकैदिन रिलिज हुनेछ ।

फिल्मका वितरक गोविन्द शाहीले फिल्मको नेपाली र हिन्दी दुबै भर्सन एकै दिनमा रिलिज हुने जानकारी दिएका छन् । ‘दर्शकको मागलाई ध्यानमा राखेर फिल्म ‘प्रेम गीत ३’ को हिन्दी र नेपाली एकै दिन रिलिज गर्ने निर्णय गरेका छौँ,’ उनले लेखेका छन् ।

सन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज सौर्य दैनिकमा खबर छ । थापा लगायतका कलाकारहरूको अभिनय छ । फिल्म बलिउडमा पनि रिलिज हुँदै छ । बलिउडमा भने फिल्मको हिन्दी भर्सन मात्र रिलिज हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर