फिल्महल भित्र आकाश र आँचलको कानेखुशी चलेपछि.... — OSNepal

फिल्महल भित्र आकाश र आँचलको कानेखुशी चलेपछि….

LC (KTM) September 14, 2022 0

काठमाडौँ :

नेपाली चलचित्र क्षेत्रमा कलाकारहरुबिच बेला बेलामा कटाक्षका दृश्यहरु देखिइरहन्छन् ।एउटाको फिल्म चल्दा अर्कोले झड्का हान्ने ग रेका दृश्यहरु प्राय देखिन्छन् । तर नायिका आँचल भने अन्य कलाकारहरु भन्दा निकै भिन्न र चचिली कलाकारको रुपमा चिनिन्छिन् । सरल स्वभाव र मिलनसार बानीका कारण केकी कहिल्यै विबादमा नआएकी कलाकार हुन् ।

उनको अभिनय रहेको फिल्म ‘झिंगे दाउ’ र अर्का केकी जस्तै शान्त र सरल स्वभाव भएका नायक आकाश श्रेष्ठ यी दुईका फिल्म अहिले हलमा चलिरहेको समयमा एउटा रोचक दृश्य देखिएको छ ।शनिबार दिउँसो भने केही रोचक दृश्य देखियो ।

शनिबार काठमाडौंको बीएसआर मुभिजमा पुग्दा फिल्म ‘सम्हालिन्छ कहिले मन’का नायक आकाश श्रेष्ठ र फिल्म ‘झिंगे दाउ’की नायिका आँचल शर्माविच जम्काभेट भयो ।

दर्शकलाई धन्यवाद दिन पुगेका कलाकारहरुले एक अर्काको फिल्म नहेरेको तर हेर्ने वाचा गरे । सोही अवसरमा एउटा रमाइलो दृश्य क्यामेरा कैद भयो ।

क्यामेराका अगाडि नै आकाश र आँचलविच कानेखुशी नै चल्यो । तर, कानेखुशीमा के कुरा भयो भन्ने उनीहरुले बताएनन् । यो जोडीले एकसाथ फिल्म ‘ब्ल्याक’मा काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर