आफ्नो हिट फिल्म पुष्पाको चर्चित गीत ‘स्वामी स्वामी’मा नेपाली क्युट बालिका नाँचेको भिडियो सेयर गर्दै रश्मिाले देखाइन् भेट्ने इच्छा — OSNepal

आफ्नो हिट फिल्म पुष्पाको चर्चित गीत ‘स्वामी स्वामी’मा नेपाली क्युट बालिका नाँचेको भिडियो सेयर गर्दै रश्मिाले देखाइन् भेट्ने इच्छा

LC (KTM) September 14, 2022 0

काठमाडौँ ।

साउथकी बहुचर्चित नायिका रश्मिका मन्दाना पछिल्ला दिनमा फिल्म ‘पुष्पा’ का कारण थप चर्चामा छिन् । पुष्पा रश्मिकाका लागि यस्तो बरदान सावित भयो की उनको पारिश्रमिक समेत बढ्न पुग्यो ।

उनै सुन्दरी रश्मिाकालेले आफ्नो चर्चित गीत ‘स्वामी स्वामी’मा डान्स गर्ने नेपाली बालिकाको भिडियो सेयर गर्दै उनीसँग भेट्न चाहेको बताएकी छन् ।

ट्विटरमा नेपालको मकवानपुर हेटौंडाकी स्कुले विद्यार्थीको भिडियो सेयर गर्दै रश्मिाले मैले कसरी भेट्ने उनलाई भनेर जिज्ञासा समेत राखेकी छिन् । रश्मिकाले ट्विटरमा भनेकी छिन् ‘मेड माइ डे । म यी ब्युटीफुल क्युटीलाई भेट्न चाहन्छु ।

कसरी भेट्न सक्छु रु’ ती बालिकाले नेपालमा समेत सुपरहिट भएको दक्षिण भारतीय फिल्म पुष्पा स् द राइजमा समावेश गीत ‘स्वामी स्वामी’को गीतमा स्कुलमा डान्स गरेको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।

‘पुष्पा’को पहिलो श्रृंखलाले नेपाली बक्स अफिसमा झण्डै १० करोड रुपैयाँ ग्रस कमाइ गर्दै व्इापक चर्चा बटुलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर