तस्विरमा हेर्नुहोस फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राखेर व्यापारीले यसरी घेरे महानगर — OSNepal

तस्विरमा हेर्नुहोस फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राखेर व्यापारीले यसरी घेरे महानगर

LC (KTM) September 15, 2022 0

काठमाडौं, ३० भदौ । फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राखेर फुटपाथ व्यापारीले काठमाडौं महानगरपालिकाविरूद्ध प्रदर्शन गरेका छन् ।

काठमाडौं महानगरले सडकका फुटपाथमा व्यापार गर्न नदिएपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । एमालेनिकट मजदुर संगठन जिफन्टआवद्ध नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवामा बिहीबार प्रदर्शन गरिएको छ ।

उनीहरुले महानगरपालिकाको कार्यालय घेराउसमेत गरेका छन् । सुन्धारामा जम्मा भएका व्यापारीहरू भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेर प्रदर्शन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर