नेपाल र भारतमा सँगसँगै रिलिज हुने 'प्रेमगीत ३' को प्रचार–प्रसारका लागि भारत डुल्दै टोली — OSNepal

नेपाल र भारतमा सँगसँगै रिलिज हुने ‘प्रेमगीत ३’ को प्रचार–प्रसारका लागि भारत डुल्दै टोली

LC (KTM) September 16, 2022 0

काठमाडौ । मधेसका साथै कला प्रेमी दर्शकको चाहनालाई मध्यनजर राख्दै प्रेमगीत–३ नेपाली र हिन्दी भाषामा एकै साथ रिलिज गरिने भएको छ।फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार मधेसका साथै कलाप्रेमी दर्शकको चाहनालाई मध्यनजर गर्दै प्रेमगीत–३ विजया दशमीको अवसर पारेर आगामी असोज ७ गतेदेखि एकै मितिमा नेपाल र भारतमा रिलिज हुने फिल्म नेपालमा नेपाली र हिन्दी भाषामा देखाइन लागिएको हो। नेपाल र भारतमा सँगसँगै रिलिजमा आउने फिल्मको प्रचार–प्रसारका लागि प्रेमगीत–३ को टोली दुई भागमा विभाजित भएर नेपाल र भारतको प्रमोसनमा जुटेको छ।

फिल्मका निर्माता निर्देशक सेन, अभिनेता प्रदीप खड्का, अभिनेत्री कृष्टिना गुरुङ, नेपाली मुलका गायक इन्डियन आइडल पवनदीप लगायतको टोली भारतका विभिन्न स्थानमा फिल्मको प्रमोशनका लागि जुटेको छ। पवनदीपले फिल्ममा हिन्दी भाषाको गीत गाएका छन्। भारतका विभिन्न स्थानमा फिल्मका अर्का अभिनेता सुनील थापाले पनि प्रमोसनमा सहयोग गरेका छन्।

राजधानि दैनिकमा खबर छ । नेपाली चेली तथा बलिउड अभिनेत्री मनीषा कोइराला र बलिउड अभिनेता गोविन्दाले पनि यसको प्रमोसनमा सघाइरहेका छन्। प्रदीप र कृष्टिनासँगै नेपालबाट प्रमोसनका लागि भारत पुगेको टोलीलाई त्यहाँका सञ्चार माध्यमले उच्च स्थान दिँदै आएका छन् भने कतिपय ठाउँमा प्रदीप खड्का, सुनील थापा, कृष्टिना गुरुङका लागि बडी गार्डको व्यवस्था गरेर सम्मान प्रकट गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर