शहरकै सबैभन्दा ठूलो गगनचुम्बी भवनमा भीषण आगलागी — OSNepal

शहरकै सबैभन्दा ठूलो गगनचुम्बी भवनमा भीषण आगलागी

LC (KTM) September 17, 2022 0

काठमाडौं :

चीनको गगनचुम्बी भवनमा भीषण आगलागी भएको छ । चाङ्सा सहरमा रहेको चाइना टेलिकमको दर्जनौं तले भवनमा भीषण आगलागी भएपनि घटनामा कति जना घाइते भएका छन्, कति भवनमा फसेका छन्, केही खुल्न सकेको छैन ।

आगो यति तीव्र गतिमा फैलिएको थियो कि बहुतले भवनको धेरै तल्ला जलेर नष्ट भएको थियो । दमकलको टोली पनि तुरुन्तै घटनास्थलमा पुगेर आगो निभाउने काम सुरु गरेपछि आगो केही नियन्त्रणमा आएको बताइएको छ ।

घटनास्थलमा एक–दुई होइन ३६ वटा दमकल उपस्थित छन् ।यति ठूलो आगलागी के कारणले भयो, सर्ट सर्किट थियो वा कसैको लापरवाही भन्ने पनि खुल्न सकेको छैन । आगलागी भएको उक्त भवन सन् २००० मा निर्माण भएको बताइएको छ । त्यो समयमा यो २१८ मिटरको उचाइका साथ चाङ्शा शहरमा सबै भन्दा अग्लो भवन थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर