गलकोट नगरपालिकालाई गण्डकी प्रदेश अन्तरपालिका भलिबलको उपाधि — OSNepal

गलकोट नगरपालिकालाई गण्डकी प्रदेश अन्तरपालिका भलिबलको उपाधि

LC (KTM) September 18, 2022 0

गण्डकी-गण्डकी प्रदेश अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता (माछापुच्छ«े गाउँपालिका अध्यक्ष कप–२०७९) को उपाधि बाग्लुङको गलकोट नगरपालिकाले जितेको छ ।प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा गलकोट नगरपालिकाले बाग्लुङकै निसीखोला गाउँपालिकामाथि ३–२ सेटको जीत निकाल्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो । च्याम्पियन बनेको गलकोटले रु दुई लाख, शिल्ड, मेडल पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको निसीखोलाले रु एक लाख २० हजार, मेडल र प्रमाणपत्र पायो ।

संविधान दिवसका अवसर पारेर कास्कीको माछापुच्छ«े गाउँपालिका र माछापुच्छ«े गाउँपालिका भलिबल सङ्घको संयुक्त आयोजनामा यही भदौ ३० गतेदेखि माछापुच्छ«े–२ भुर्जुङखोलास्थित खेलमैदानमा प्रतियोगिता सञ्चालन भएको हो । यसैगरी स्याङ्जाको कालीगण्डकी गाउँपालिका र तनहुँको भिमाद नगरपालिकाले सान्त्वना स्थान हासिल गर्दै रु ३० हजारका दरले नगद र मेडल पुरस्कार प्राप्त गरे ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु सात हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताका उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सेटर, सर्भर प्रशिक्षकलाई जनही रु पाँच हजारका दरले नगद र प्रमाणपत्र प्रदान गरिएको माछापुच्छ«े गाउँपालिका भलिबल सङ्घका सचिव मोहनसिङ तामाङले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजयी टोली तथा विधागत उत्कृष्ट खेलाडीलाई माछापुच्छ«े गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, माछापुच्छ«े गाउँपालिका भलिबल सङ्घका अध्यक्ष राम पुन लगायतले पुरस्कार वितरण गर्नुभयो ।सचिव तामाङका अनुसार पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा सहभागिताका लागि गण्डकीका ८५ वटै स्थानीय तहलाई पत्राचार गरिएकामा विभिन्न नगरपालिका तथा गाउँपालिका गरी १७ टोलीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर