'प्रेमगीत ३’लाई कर छुट दिन र नेपाली फिल्म सरह सेवासुविधा दिन नेपाल चलचित्रकर्मी महासंघको आग्रह — OSNepal

‘प्रेमगीत ३’लाई कर छुट दिन र नेपाली फिल्म सरह सेवासुविधा दिन नेपाल चलचित्रकर्मी महासंघको आग्रह

LC (KTM) September 19, 2022 0

काठमाडौं :

प्रेमगीत ३’लाई कर छुट दिन नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले सरकारलाई आग्रह गरेको छ । अध्यक्ष अरुणकुमार प्रधान र महासचिव दिनेश कोइरालाले विज्ञप्ति जारी गर्दै कर छुट दिन र नेपाली फिल्मसरह सेवासुविधा दिन आग्रह गरेको छ ।

संघले विवादलाई त्यागेर सबै पक्ष सँगै बसेर फिल्म हेर्न समेत आग्रह गरेको छ । भुवन केसी नेतृत्वको चलचित्र विकास बोर्डले उल्झन खडा गरेको भन्ने विवाद चलिरहे पछि पहिलो पटक महासंघको प्रदेश १ मुख खोलेको हो ।

‘प्रेमगीत ३’ र चलचित्र विकास बोर्डबीच विवाद चर्कंदै जाँदा अभिनेता प्रदीप खड्काले अध्यक्ष भुवन केसीको राजीनामा मागेपछि यस विषयले थप चर्चा पाएको छ । प्रेमगीत ३’ शुक्रबारदेखि नेपाल र भारतसहितका मुलुकमा प्रदर्शन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर