अल्लु अर्जुनको आमाको भूमिकाका लागि मनिषालाई अफर — OSNepal

अल्लु अर्जुनको आमाको भूमिकाका लागि मनिषालाई अफर

LC (KTM) September 21, 2022 0

काठमाडौँ– अभिनेत्री मनिषा कोइराला सुपरहिट फिल्म ‘अला बैकुण्ठपुरमल’ को हिन्दी रीमेकमा देखिने भएकी छिन् । फिल्ममा अल्लु अर्जुनको पनि मुख्य भुमिका रहेको छ । फिल्ममा मनिषालाई अल्लु अर्जुनको आमाको भूमिकाका लागि मनिषालाई अफर गरिएको हो ।

पछिल्लो समय ‘९९ संग्स’ मा देखिएकी मनिषाले फिल्ममा उक्त भूमिका निर्वाह गर्न स्वीकारेसँगै फिल्मको कास्टिङको पूरा भएको थियो । अल्लु अर्जुनको मुख्य भूमिका रहेको ‘अला बैकुण्ठपुरमल’ सन् २०१९ को त्यो सालको सुपरहिट फिल्म थियो ।

फिल्मलाई अभिनेता वरुण धवनका दाइ निर्देशक रोहित धवनले निर्देशन गरेका हुन् । फिल्ममा मनिषाले कार्तिकको आमाको भूमिका निर्वाह गरेकी छिन् । मनिषाको ‘शेहजादा’ प्रदर्शनमा आउँदैछ ।

‘शेहजादा’ मा मनीषा कोइराला पनि महत्वपूर्ण भूमिकामा छिन् । तेलगुमा बनेको फिल्मको रिमेकमा मनिषाले तब्बुकोनिर्वाह गरेको भूमिका निर्वाह गरेको चर्चा छ । पछिल्लो समय राजकुमार हिरानी निर्देशित फिल्म ‘सन्जु’ मा देखिए यता उनले बिग ब्यानरको फिल्म पाएकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर