नवल खड्कालाई मुख भरीको जवाफ दिँदै गायक राजेशपायल राई भने हिन्दी 'प्रेमगीत ३' हेर्छु, कोही छ मलाई राष्ट्रघाती भन्ने ? — OSNepal

नवल खड्कालाई मुख भरीको जवाफ दिँदै गायक राजेशपायल राई भने हिन्दी ‘प्रेमगीत ३’ हेर्छु, कोही छ मलाई राष्ट्रघाती भन्ने ?

LC (KTM) September 21, 2022 0

काठमाडौं- मनोरञ्जन जगतमा हटकेक बनेको ‘प्रेमगीत ३’ । यस विषयमा मानिसहरु पक्षा र विपक्षमा देखिन थालेका छन् । दीपकराज गिरी सारोज खनाल अशोक शर्मा भुवन पक्षतिर छन् भने करिश्मा चर्चित गायक राजेश पायल राइ लगायतका केही पक्ष प्रेम गीत पक्षमा छन् ।

राई इज किङ’ राजेशपायल राई ले ‘प्रेमगीत ३’ विवादमा पहिलो पटकमुख खोलेका छन् । उनले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै ेनिर्माता संघका अध्यक्ष नबल खड्कालाई चुनौती दिएका हुन् । उनले लेखेका छन् ‘नेपालीमा त हेर्ने नै भएँ, हिन्दी भाषाको पनि हेर्छु ।

कोही छ मलाई राष्ट्रघाती भन्ने रु’ हिन्दी संस्करणको प्रेमगीत ३ लाई नेपाली भाषा सरह सुविधा माग गरिएपछि चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले प्रेमगीत ३ का निर्मातालाई देशद्रोही र राष्ट्रघाती बताएका थिए ।

खड्काले राष्ट्रघाती बताएसँगै राजेसको यस्तो भनाइ आएको हो । ‘प्रेमगीत ३’को हिन्दी संस्करणको सेन्सर पनि अहिलेसम्म हुन सकेको छैन । चलचित्र विकास बोर्डले विदेशी फिल्मको जसरी प्रक्रिया गराएर मात्र सेन्सर गर्न सकिने बताए पछि यो विषय थप गमाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर