दुबईमा ३५ करोडको चिठ्ठा जितेका नेपालका युवा भरतले उक्त रकम नेपाल ल्याउँदा कति कर तिर्नुपर्छ ? — OSNepal

दुबईमा ३५ करोडको चिठ्ठा जितेका नेपालका युवा भरतले उक्त रकम नेपाल ल्याउँदा कति कर तिर्नुपर्छ ?

LC (KTM) September 22, 2022 0

काठमाडौं ।

दुबईमा ३५ करोडको चिठ्ठा जितेका नेपाली युवा भरत विकले उक्त रकम नेपाल ल्याउने तयारीमा छन् । ति युवा गुल्मीका हुन् ।

विश्वकर्माले दुबईमा ३५ करोड रुपैयाँको चिठ्ठा जितेपछि नेपाल आउने तयारीमा छन् । यताका राजश्वका कर्मचारीहरु चाहीँ उनले जितेको रकममध्ये कति रकम कसरी ल्याउँछन् भन्ने कौतुहलतमा छन् । खालिज टाइम्सका अनुसार भरतले जितेको रकम उनको हातमा भने अहिलेसम्म परेको छैन ।

महजुज चिठ्ठा सञ्चालन गर्ने कम्पनी इविङ्सका सीइओ फरिद सम्जीका अनु्सार उनको खाता नेपाल र दुबइको एक बैँकमा खोल्ने भन्ने विषयमा तय भइनसकेको बताइएको छ । उनले उक्त रकम नेपाल भित्र्याएर पुन काममा फर्किने योजनामा छन् ।

उनले यो रकमबाट आफ्नो बिरामी भाइको उपचार गर्ने योजना बनाएका छन् । जो ब्रेन ट्यूमर र प्यारालाइसीस भएर नयाँ दिल्लीमा उपचाररत छन् । यसैगरि, आफ्ना दुई छोराछोरीको भविष्यका लागि खर्च गर्ने छँदैछ ।

तर उनले सबै रकम नेपाल ल्याउँछन् वा थोरै यता ल्याएर बाँकी उतै राख्छन् भन्ने प्रश्न छ । २७ सेप्टेम्बरमा नेपाल फर्किने उनको योजना थियो । नेपाल फर्किनअघि अन्तिम पटक प्रयास गर्छु भनेर चिठ्ठा किनेको भरतको भनाइ छ ।

यही निर्णयले उनको भाग्य परिवर्तन गरिदियो । उक्त रकम नेपाल ल्याउँदा स्रोत खुलाउँदा आकस्मिक लाभ भन्नुपर्ने भएकाले उनीबाट २५ प्रतिशत आकस्मिक लाभ कर लाग्छ । तर उनले थोरै पैसा नेपालमा ल्याएर अरु उतै राख्न सक्ने छन् ।

यो उपायका लागि उनले कर तिर्नुपर्दैन । पछि उतै फर्किने योजना भएकाले पनि यस्तो सम्भावना छ । उनले जोखिम मोलेर हुण्डीमार्फत उक्त रकम नेपाल पैसा पठाउन सक्ने आशंका राजश्वका कर्मचारीहरुले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर