चर्चित कलाकार राजु महोत्रा आफ्नै निवासमा झु ण्डिएको अवस्थामा फेला परे — OSNepal

चर्चित कलाकार राजु महोत्रा आफ्नै निवासमा झु ण्डिएको अवस्थामा फेला परे

LC (KTM) September 23, 2022 0

बुटवल :

चर्चित कलाकार राजु महोत्रा झु ण्डिएको अवस्थामा मृत फेला परेका छन् ।दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय गरेका महोत्राले आफ्नै निवासमा राति २ बजेतिर मृत फेला परेको बताइएको छ ।

कलाकारितासँगै विभिन्न व्यवसायमा पनि आवद्ध ३५ वर्षीय महोत्रा बिहीबार सांझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए ।दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय गरेका महोत्राले बुटवल देवीनगरस्थित आफ्नै निवासमा यस्तो अपृय कदम चालेपछि सक्पुर्ण कलाक्षेत्र स्तब्ध बनेको छ ।

महोत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याइएको र घटनाबारे अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।महोत्राकी श्रीमती पनि म्युजिक भिडियोमा अभिनय गर्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर