गायक सुनिल गिरीको देउराली डाँडामा सम्राट र रेबिकाको अभिनय — OSNepal

गायक सुनिल गिरीको देउराली डाँडामा सम्राट र रेबिकाको अभिनय

LC (KTM) September 24, 2022 0

काठमाडौं :

लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत देउराली डाँडाको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक गिरीको स्वर, संगीत, एरेन्ज र शब्द शृजना पनि गायक गिरीकै रहेको छ ।

जसमा गायक गिरीलाई मेलीना मैनालीले स्वरमा साथ दिएकी छिन् । भिडियोमा सम्राट अधिकारी र रेबिका लामाको अभिनय देख्न सकिन्छ ।प्रेम, रोमान्स र विरहलाई कलात्मक शैलिमा तयार पारिएको गीतको भिडियोको छायांकन कालिन्चोकमा गरिएको हो ।

बिबेक बिकको छायांकन तथा कलर, सम्पादन मनोज कार्कीको रहेको भिडियोको निर्देशन गायक गिरीले नै गरेका हुन् । सार्वजनिक भिडियो गायक गिरीकै अफिसियल च्यानलबाट बजारमा आएको हो । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर