एक महिनाअघि अमेरिका जान हिँडेका विनोदको भारतमा डेंगीका कारण मृत्यु , ४५ लाख खर्च गरेर सपनाको शहर हिडेका उनको सपना बाटोमा नै अस्तायो — OSNepal

एक महिनाअघि अमेरिका जान हिँडेका विनोदको भारतमा डेंगीका कारण मृत्यु , ४५ लाख खर्च गरेर सपनाको शहर हिडेका उनको सपना बाटोमा नै अस्तायो

LC (KTM) September 26, 2022 0

दाङ :

डेंगीका कारण दाङका एक युवकको भारतमा मृत्यु भएको छ। मृत्यु हुनेमा दंगीशरण गाउँपालिका वडा नं. ६ राजपुरका २६ वर्षीय विनोद साहु रहेका छन् । उनको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

करिब एक महिना पहिला विनोद अमेरिका जान भनेर घरबाट हिँडेका थिए। विनोद भारत हुँदै गैरकानुनी रूपमा अमेरिका जान थालेका थिए। झन्डै १० र १२ दिनदेखि ज्वारो आएका उनी निको नभए पछि अस्पताल गएका थिए ।

अस्पताल लगेर २० र २२ वटा स्लाइन चढाए पनि बचाउन सम्भव नभएको बताइएको छ । सँगै रहेका विनोदकै साथी र अमेरिका पठाउने व्यक्तिहरूकै सहयोगमा शव नेपालतर्फ ल्याइरहेको बताइएको छ ।

अमेरिका पठाउन हालसम्म ४० देखि ४५ लाख खर्च भइसकेको बताइएको छ ।उनी अविवाहित रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर