लक्ष्मी, जीवन र कविता आले अभिनित 'मनको भारी' सार्वजनिक (भिडियो ) — OSNepal

लक्ष्मी, जीवन र कविता आले अभिनित ‘मनको भारी’ सार्वजनिक (भिडियो )

LC (KTM) September 28, 2022 0

“जाबो दुई गास तातो भात पनि सुख सँग खान नपाइने, छोड्देउ बाबु यस्तो जागिर। बरु गाउँमै आउनु, तँलाई दुई छाक भात त मै खुवाउन सक्छु।” आफ्नी आमाको मायाले भरिएको उपरोक्त भनाइबाट प्रेरित भएर सर्जक / गायक गोविन्द गुरुङले गीत सिर्जना गरी सार्वजनिक गरेका छन।’मनको भारी’ नाम दिइएको उक्त गीतको संगीत लोकप्रिय संगीतकार हरि लम्सालले भरेका हुन् भने एरेन्ज रिकेश गुरुङको रहेको छ ।

लोकप्रिय कलाकारहरु लक्ष्मी बर्देवा र जीवन भट्टराई अनि कविता आलेको जिवन्त अभिनय रहेको भिडियोमा अहिलेको सहरिया जीवनको व्यस्ततालाइ देखाइएको छ। लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको सम्पादन रहेको छ ।

०४८ सालमा रेडियो नेपालबाट स्वर परीक्षामा उत्तीर्ण गरेपछि औपचारिक गायन लागेका सफल बैकर समेत रहेका गायक गुरुङको यस अघि दर्जनौ गीतहरु लोक , आधुनिक र चलचित्रका गरी दर्जनौ गीतहरु आइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर