प्याराग्लाइडिङबाट खसेर ज्यान गुमाएका निसिम थापाको पोखरामा शालिक राखिने — OSNepal

प्याराग्लाइडिङबाट खसेर ज्यान गुमाएका निसिम थापाको पोखरामा शालिक राखिने

LC (KTM) October 20, 2022 0

पोखरा, ३ कात्तिक:नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा प्याराग्लाइडिङबाट खसेर मृत्यु भएका खेलाडी निसिम थापालाई मानार्थ स्वर्ण पदक प्रदान गरिएको छ । उनलाई प्याराग्लाइडिङ विधामै मानार्थ स्वर्ण वितरण गरिएको हो ।आर्मीका तर्फबाट प्रतिस्पर्धामा सहभागी थापाको ३० असोजमा प्याराग्लाइडिङबाटै खसेर मृत्यु भएको हो । उनको मृत्युपछि प्याराग्लाइडिङका सबै खेल बन्द गरिएको छ भने देशभर प्याराग्लाइडिङ उडाउन प्रतिबन्ध लगाइएको छ ।

निसिमको अर्धकदको शालिक राखिने भएको छ । पोखरा रंगशालामा उनको शालिक राख्ने निर्णय राष्ट्रिय खेलकुद परिषद्ले गरेको छ । बुधबार साँझ बसेको बोर्ड बैठकले मृतक खेलाडीको सम्मानस्वरूप शालिक बनाउने निर्णय गरिएको बोर्ड सदस्य अन्जन धमलाले जानकारी दिए ।

ट्रकले ठक्कर दिँदा बसमा सवार ३० जना घाइते:पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार-८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिदा बसमा सवार ३० जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश १–०५००१ ख ००२९ ट्रकले ना ७ ख ४९८१ नम्बरको बसलाई सोही दिशाबाट आइरहेको ट्रक अनियन्त्रित भइ पछाडिबाट ठक्कर दिँदा बसमा सवार ३० जना घाइते भएका हुन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक राजु केसीले जानकारी दिए । गम्भीर घाइते तीन जनालाई विराटनगर पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर