‘प्रसाद २’बाट नम्रताले हात झिकेपछि केकीलाई पर्यो चिट्ठा — OSNepal

‘प्रसाद २’बाट नम्रताले हात झिकेपछि केकीलाई पर्यो चिट्ठा

LC (KTM) October 20, 2022 0

काठमाडौं । ‘प्रसाद २’ यूनिट सुटिगंका लागि भनेर स्र्पोटमा पनि पुग्यो । तर कलाकार र निर्माता निर्देशकबिचको लफडाका कारण कलाकारहरुसहितको टोली कास्कीको गाउँमा पुगेर करिब २० दिन बसेर फर्कियो । सबै कुरा सोचेअनुसार भइदिएको भए फिल्म ‘प्रसाद २’ प्रदर्शनमा आइसकेको हुने थियो ।

अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठलै नै अभिनय गर्ने तयारी निर्माण यूनिटले गरिरहेको भए पनि अन्तिम समयमा आएर विपिन र निर्माता सुभाष थापाबीच पारिश्रमिकको विषयमा लफडा उत्पन्न भएपछि छायांकन रोकिएको फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठले अब काम गर्न नभ्याउने भएपछि अहिले विकल्पको रुपमा निर्माण यूूनिटले केकी अधिकारीलई रोजेको छ ।

निर्माता र निर्देशक ऋचा शर्मा, सुरक्षा पन्त हुँदै केकी अधिकारीसम्म पुगेका बेला नम्रता भने आफ्नो अर्को फिल्म ‘ग्रहण’मा काम गर्दैछिन् । नम्रताले ग्रहणसँग सेड्युल जुघ्ने भएपछि उनले सहमतिमै ‘प्रसाद २’बाट हात झिकेकी छन् ।

पहिलो श्रृंखलामा उनी नै मुख्य भूमिकामा रहेकाले सिक्वेलमा पनि उनी नै दोहोरिनु पर्ने थियो । तर, उनले फिल्ममा काम गर्न नभ्याउने भएपछि अभिनेत्रीको खोजी गर्दै निर्माता र निर्देशक केकी अधिकारीसम्म पुगेका छन् । केकीले आफूलाई ‘प्रसाद २’बाट अफर आएको स्वीकार गर्दै अहिले आँफुले स्क्रिप्ट अध्ययन गरिरहेको बताएकी छिन् । ‘प्रसाद’ जहाँ सकिएको थियो त्यहीँबाट ‘प्रसाद २’को कथा सुरु हुने निर्माण यूनिटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर