नेपालीहरुको घर आँगनमा महान पर्व दशैँ आएसँगै रिलिज गरियो 'घर जाँदै छु' बोलको गीतको भिडियो — OSNepal

नेपालीहरुको घर आँगनमा महान पर्व दशैँ आएसँगै रिलिज गरियो ‘घर जाँदै छु’ बोलको गीतको भिडियो

LC (KTM) October 01, 2022 0

काठमाडौँ । दशैँको माहोलमा घर जाँदै छु बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

डार्बिन लुङेलिको शब्द र स्वर रहेको गीतमा रोमन बज्राचार्य को संगीत रहेको छ । सोनाहाङ राईको लेखन र कम्पोज रहेको गीतमा लेखन र सह कम्पोजर डार्बिन लुङेली आफै हुन ।

अनेकन असहज परिस्थितीमा आँफुलाई संहालीरहँदा प्रेमीकाले पनि एक्कासी ब्रेकअप दिँदा जिन्दगीसँग विरक्तिएका युवकले ओसो आश्रमसम्म गएर मन शान्ती गरी आफ्नो गाउँ फर्किदासम्मको कथालाई युवा निर्देशक आचार्य गोपालले कलात्मक शैलीमा तयार पारेका छन् । आफ्ना संघर्षका दिनमा एउटा बेरोजगार युवाले भोग्ने परिस्थिीतिलाई घर जाँदै छुमा कलात्मक शैलीमा देखाइएको छ ।

गाउँबाट शहरमा गएर गीत संगीत र कलालाई माया गर्ने युवकले झेल्ने अनेकन परिस्थितीमा मोडल मिन भण्डारीले कमालको अभिनय गरेका छन् । भिडियोमा मिनका अलावा, साहारा कोइराला , बिनोद कुमार पौडेलको अभिनय रहेको छ ।

जसको परिकल्पना पनि आचार्य गोपालले नै गरेका हुन् भने भिडियोमा हिमाल शर्माको छायांकन, चानस पुन मगरको सम्पादन रहेको छ । चित्रकला थापाको निर्माण रहेको भिडियोको सहनिर्देशन किरण बिकले गरेका हुन् । भिडियो दृश्य सिनेमाको निर्माणमा जुजु कृयसन र फ्लिकर आर्टसको सहकार्यमा तयार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर