कफी व्यवसायकै भरमा परिवार पाल्न सक्षम शङ्कर — OSNepal

कफी व्यवसायकै भरमा परिवार पाल्न सक्षम शङ्कर

LC (KTM) October 03, 2022 0

चौतारा-विगत लामो समयदेखि कफी खेती गर्दै आउनुभएका मेलम्ची नगरपालिका–१० शिखरपुरका शङ्कर खनाल कफी व्यवसायकै भरमा परिवार पाल्न सक्षम हुनुभएको छ ।गाउँभरि कोदो र मकै रोप्ने बारीहरूमा कफीका बिरूवा ल्याएर लगाउन थालेपछि शङ्करका छिमेकीहरू अचम्मित भएका थिए । पछि कफी उत्पादन गरी बिक्री गर्न थालेपछि भने छिमेकीहरूमा पनि कफी लगाउने रहर जाग्न थाल्यो । फलतः शङ्करका छिमेकीहरू पनि कफी खेती गर्न अग्रसर हुन थाले । “गाउँलेहरूले पनि कफी रोप्न मन लागेको बताएपछि मैले नै बिरुवा उत्पादन गरेर दिएँ”, उहाँले भन्नुभयो ।

कफी खेतीमा प्रशस्त जानकारी हासिल गरिसक्नुभएका शङ्करले सुरुमा काम गर्न कठिन भए पनि बिरूवाले उत्पादन दिन थालेपछि खुसी लागेर खेती गर्न हौसला मिलेको बताउनुभयो । कफीका बिरुवामा रोग लाग्दासमेत सावधानीपूर्वक उपचार गरेर उत्पादन लिन सक्नुपर्ने उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ, “सकेसम्म रासायनिक विषादीभन्दा तितो, टर्राे, पिरो र कोक्याउने जातका वनस्पतिको प्रयोगबाट रोग र किरा निर्मूल गर्नुपर्छ ।”

अहिले शिखरपुरका शङ्कर र उहाँका छिमेकी मात्र नभई हेलम्बु गाउँपालिकाको महाँकालका रेतनाथ लामिछानेले पनि आफना बाँझा पाखाहरूलाई कफीका बोटले हरिया बनाउनुभएको छ । मुस्किलले कोदो फल्ने ती पाखाहरूमा कफी राम्रै उत्पादन हुने रेतनाथले बताउनुभयो । बोटबाट टिपेर रु चार सयदेखि पाँच सय ५० सम्म कफी उद्योगमा पुर्याएर बिक्री गर्दा पनि सामान्यबालीमा भन्दा फाइदा हुने उहाँको अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर