व्यापारी र कलाकार मिलेर पैसा कमाउदैँ , जनता ठगिदैँ — OSNepal

व्यापारी र कलाकार मिलेर पैसा कमाउदैँ , जनता ठगिदैँ

LC (KTM) October 04, 2022 0

रुषा थापा

सरकारले निजी व्यवसायीहरुलाई सामानको मूल्य निर्धारण गर्न दिँदा आज सामान बनाउने कम्पनीहरुले आफुखुशी सामानको रेट राखेर जनता ठगीरहेका छन् । अहिले उघोग व्यवसायीहरुले १० रुपैँया पर्ने सामानलाई विभिन्न विज्ञापन बजाएर २ सय रुपैँयासम्ममा बेचिरहेका छन् । साथै गुणस्तरहीन, कमसल वा कम तौल भएको र म्याट सिधिँएको सामान पनि विज्ञापन बजाएर महंगोमा बेचिरहेका छन् ।

बुढापाकाहरुले भन्थे बोल्न सक्नेको पिठोपनि बिक्री हुन्छ र बोल्न नसक्नेको चामल पनि बिक्री हुदैँन । अहिले यहँी ऊखान उघोग व्यवसायीहरुमाथि लागू हुन्छ । व्यवसायीहरुले सामानहरुको बिक्रीवितरण तीव्र रुपमा बढाउन हरेक सामानको राम्रा राम्रा विज्ञापनहरु बजाएका हुन्छन् । जसले गर्दा पसलनै पिछे सामानको मूल्य फरकफरक पाइनछ र व्यापारीहरुले पनि सामानको मूल्य हप्तैपिछे बढाउने गर्छन् ।

गुणस्तरहीन सामान भएपनि व्यवसायीहरुले विज्ञापन बजाएरपछि मानिसहरु त्यस सामानप्रति आकर्षित हुन्छन् र त्यस्ता सामानहरु किन्न बाध्य हुने गर्छन् । उदाहरण लागि अहिले दशैँको समयमा मदिरा व्यवसायीहरुले मदिराहरुको विभिन्न विज्ञापन बजाएर खानयोग्य नरहेको वा गुणस्तरहीन मदिराहरु पनि महंगोमा बेचिरहेका छन् । साथै यता कोक वा विभिन्न पिय पदार्थहरुको पनि अहिले जताततै विज्ञापन पाइन्छ । यी कम्पनीहरुले विभिन्न विज्ञापन बजाएर सय रुपैँया नपर्ने कोक आज २६० मा बेचिरहेका छन् ।

यत्रो महंगो रकम हालेर किनेको कोक पनि खानयोग्य रहेको छैन र यसमा मिसावट रहेको पाइन्छ । साथै विज्ञहरुको अनुसार त कोक वा विभिन्न पिय पदार्थहरुमा अहिले मिसावट गरिएको छ र यस्ता चिजहरु खाँदा शरीरमा नराम्रो असर पुग्दछ । व्यापारीहरुले खानयोग्य नरहेको सामान पनि यति महंगोमा बेचेर जनतालाई ठग्दा र मार्दा पनि सरकार बजार अनुगमन गर्दैन । सरकार बजार अनुगमन गर्नुको साटोमा यहँी व्यापारीहरुसँग कमिशन खाएर बसिरहेको छ । सरकार भने कमिशन खाने अनि जनता तै ठगिने । राजनितिक दललाई चन्दा दिएर र सरकारलाई आफ्नो मुठीमा लिएर पनि दिउँसै जनतालाई ठग्न पाइन्छ । तर यसको विरोधमा न त सञ्चारकर्मी नै बोल्छ न त जनता नै तात्छन् ।

सञ्चारकर्मीहरु पनि विज्ञापन पाएपछि यस्ताको विरोधमा केही गर्दैनन् । सञ्चारकर्मी र जनताले यीनीहरुको विरोधमा आवाज नउठाउँदा पनि आज यी कम्पनीहरुको ठगीधन्दा मौलाएको हो । पछिल्लो समय सञ्चारमाध्यमको प्रयोग गरेर वा विभिन्न विज्ञापन बजाएर सय रुपैँयाको सामान ५ सयमा बेचिरहेको भनेर पनि जनता नै बताउँछन् । साथै गुणस्तरहीन, खानयोग्य नरहेको वा कमसल सामानहरुको विज्ञापन पनि कलाकारद्धारा गराइने र जनतालाई त्यस्ता किन्न बाध्य बनाउने । कलाकारहरु पनि पैसा कमाउन वा आफु चर्चामा आउन जुनसुकै विज्ञापन खेल्ने र जनता ठगिने । नेपाली जनताहरु बताउँछन्, नेपालमा कोही पनि कलाकार हुनेजस्तो मानिस नै छैनन् । यसपालि पोइला जान पाम् भनेर गीत गाउने मानिस यता एमालेको सांसद बन्छन् । नेपालमा कलाकारहरु आफुलाई कलाकार भन्ने गर्छन् तर उनीहरुलाई न त राम्रोसँग नाच्न नै आउँछ न त नाटक नै गर्न आउँछ ।

के यस्ता मानिसहरुलाई पनि कलाकार भनिन्छ । फिल्म वा भिडियोहरुमा नाटक गर्न तै नआउने अनि विज्ञापनमा खेलेर आफुलाई चिनाउने । नेपालका कलाकारहरु राजनितिक पार्टीको झोला बोक्छन् अनि सामाजले नपचाउने गतिविधि गर्छन् । भन्नेबेला आफुलाई राष्ट्र र जनताको गहना भन्ने गर्छन् तर काम भने समाजमा विकृति फैलाउने गर्छन् । पछिल्लो समय नेपालका कलाकारहरुले खेलेका फिल्म, भिडियो वा गीतहरु जनताले हेर्न र सुन्न नै सक्दैँनन् । परिवारका सम्पूर्ण सदस्यहरु बसेर कलाकारहरुले खेलेका फिल्म वा गीतहरु हेर्ने लायकको हुदैँन । साथै कलाकारले पछिल्लो समय समाजलाई सुधार्नुको सट्टामा झन् बिगारिरहेको पाइन्छ । आफु चर्चामा आउन कलाकारहरु छोटो कपडा लगाउँछन् र अशिल शब्दहरु बोल्छन् । यसले गर्दा पनि अहिले समाजमा बलात्कारका घटनाहरु बढिरहेका छन् र समाज नै असुरक्षित भएको छ । साथै अहिले महिलाहरु झन् असुरक्षित भएका छन् ।

कलाकारहरु राष्ट्र र जनताप्रति जिम्मेवार नहुँदा आज समाजमा विकृति नै विकृति फैलिरहेको पाइन्छ । आफु चर्चामा आउन जस्तो पनि गीत गाउने, नाच्ने वा कपडाहरु लगाउनेलाई पनि राष्ट्रको गहना भनिन्छ र । अब सरकारले कलाकारहरुका लागि पनि निश्चित नियम बनाउनुपर्छ र समाजले नपचाउने खालका गीत , नाच वा कपडाहरु लगाउन दिनुहुदैँन । कलाकारहरु छाडा हुँदा पनि आज धेरै मानिसहरुको जीवन वा परिवार नै बिग्रिएको छ । साथै व्यापारी वा उघोगपतिहरुले पनि कलाकारहरुलाई नै विभिन्न विज्ञापनमा खेलाएर हजार नपर्ने सामान ५ हजारमा बेचिरहेका छन् । उदाहरणका लागि १५ सय पर्ने २५ किलोको चामल २५ सयमा बेचिन्छ र तौल पनि १८ किलो मात्र हुनछ । यसरी व्यापारीहरुले जनतालाई ठग्छन् । आज व्यापारी र कलाकार मिलेर विज्ञापन बजाएर जनतालाई ठगिरहेका छन् । साथै राज्यलाई पनि राजस्व छलिरहेका छन् । त्यस्तै यता विज्ञापन बजाएको सामान जनताले किन्दा गरिब मानिस झन्झन् गरिब भएका छन् भने धनी मानिस झन्झन् धनी भएका छन् ।

विज्ञापन बजाएर व्यापारीहरुले जनतालाई यसरी ठग्दा वा लु्ट्दा पनि सरकार कानमा तेल हालेर बसिरहेको छ । सरकारले सामानको मूल्य निर्धारण नगर्दा पनि आज जनताहरु मारमा परेका छन् । व्यापारीहरुले आफुखुशी सामानको मुल्य निर्धारण गरेर जनतालाई ठग्न र लुट पाइन्छ । के सरकारभन्दा यीनीहरु ठुलो हुन् । व्यापारीहरु राजनितिक दललाई चन्दा दिने, कलाकारलाई विज्ञापनमा खेलाउने , गुण्डा पाल्ने अनि जनता ठग्ने । साथै राज्यलाई पनि राजस्व छल्ने र मजदुरहरुलाई पनि शेषणा गर्ने । आफु अर्बपति बन्ने , चिल्लो गाडीमा चढ्ने अनि जनता ठग्ने ।

नेपालमा ३ करोड जनता छन् र यी ३ करोड जनतालाई ठगेर आज विनोद चौधरी अर्बपति बनेका छन् । उनले ५ रुपैँया नपर्ने च्याउच्याउको विभिन्न विज्ञापन गराएर आज ३० रुपैँयामा बेचिरहेका छन् वा यस्तै अन्य सामानहरुको विभिन्न बजाएर महंगोमा बिक्रीवितरण गरिरहेका छन् । जनतालाई ठग्ने, राज्यलाई राजस्व छल्ने अनि आफु अर्बपति बन्ने । के यस्तालाई पनि अर्बपति भनिन्छ र । जनता यस्तालाई दलाल र ठगको नाम दिन्छन् तर सरकार भने यस्तालाई अर्बपतिको नाम दिने गर्छ ।

व्यापारीहरु कहिले एमालेलाई पैसा दिएर मनोनित सांसद बन्छन् त कहिले काँग्रेसलाई । अनि जनता ठगेर आफु अर्बपति बन्छन् । राजनितिक दलका नेताहरु पनि पार्टी चलाउनदेखि घर चलाउनसम्म नै यँही व्यापारीहरुसँग पैसा लिने गर्छन् । राजनितिक दलहरु भन्छन्, हामी जनताको काम गछौँ तर जनताको नाम लिएर व्यापारीसँग पैसा खाएर त्यहँी जनतालाई ठग्छन् । केही महिनाअघि मात्र एउटा कार्यक्रममा माओवादीका अध्यक्ष प्रचण्डले गाउँपालिकाको अध्यक्ष जित्नमात्र १० करोड खर्च भएको भनेर भनेका थिए ।

साथै यता टिकट लिन पनि पार्टीलाई ३ करोडदेखि १० करोडसम्म दिनुपर्छ भनेर सुनिन्छ । अनि यत्रो पैसा तै कताबाट आउँछ नि त । यो पैसा त यिनीहरुले व्यापारीहरुबाट त खाएका हुन् नि त । व्यापारीसँग पैसा खाने अनि सामानको मुल्य बढाएर जनता लुट्ने । कानूनमा सरकारले सामानको मूल्य निर्धारण गर्नुपर्छ र बजार अनुगमन गर्नुपर्छ । साथै व्यवसायीको लागत सय रुपैँया परेको छ भने उसले २० रुपैँया मात्र नाफा खान पाउँछ । त्योभन्दा बढी नाफा खाएको खण्डमा सरकारले नै यस्ता व्यापारीहरुलाई कालोबजारी भनेर कारबाही गर्ने गर्छ ।

तर यहाँ त सामानको मूल्य र सामानको लागत मूल्य नै सरकारलाई थाहा छैन । उदाहरणका लागि भारतमा १० लाखमा आउने गाडी नेपालमा ६० लाख पर्ने गर्छ । तर भन्सार र भ्याट त जम्मा २४० प्रतिशत रहेको छ नि त । २४० प्रतिशत भन्सार र भ्याट तिरेपनि यत्रो मूल्य त यसगाडीको पर्दैन नि त । यसरी गाडी कम्पनीहरुले एउटै गाडीमा ७ लाखदेखि १५ लाखसम्म नाफा खाने गर्छन् । साथै एउटा दुईपाङ्ग्रे सवारीसाधनमा २ लाखदेखि ३ लाखसम्म नाफा खाने गरिन्छ ।
व्यापारीहरुले सवारीसाधन किन्ने मानिसलाई आफुले त्यो गाडी कतिमा किनेको भनेर कागजपत्र देखाउने गर्दैनन् जनता ठग्छन् । देश नेता वा सरकारले चलाउनुपर्ने हो तर नेताहरु नै पैसामा बिक्दा आज देश सरकारले नचलाई व्यापारीहरुले चलाइरहेका छन् । महंगीका कारण जनता बाच्ँन नसक्ने अवस्थामा पुगेका छन् तर सरकार केही गर्दैन । सर्वसाधारणले वित्तिय संस्थामा बचत गरेका सबै पैसाहरु पनि आज व्यापारीहरुको हातमा पुगेको छ र सिधासाधी जनताले कर्जा पाएका छैनन् जसले गर्दा देशमा बेरोजगरी बढेको छ ।

सरकारले पनि महंगी घटाउन र राजस्व उठाउन अहिलेसम्म कुनै कदम चलाएको छैन । अहिले बजारमा जताततै नक्कली सामानहरु भेटिन्छ । साथै गुणस्तरहीन , तौल कम भएको र म्याट सिधिँएको सामानहरु पाइन्छ । सानो किराना पसलदेखि भाटभटेनी, सुपर मार्केट र ठुल्ठुल्ला व्यापारीमहलहरुमा समेत यस्तो ठगी धन्दा ह्व्तै बढिरहेको पाइन्छ ।

हरेक सामानको रेट व्यापारीको जिब्रोमा रहेको छ र सामानको रेट सरकारले तोक्न सक्दैँन । दशैँ सुरु नहुनुजेलसम्म खर्सीको मासु प्रत्येक किलो १३ सय थियो भने अहिले १७ सयसम्म रहेको पाइन्छ । त्यस्तै यता कुखुराको मासु प्रत्येक किलो ३५० रहेको थियो भने अहिले ५ सय रहेको पाइन्छ र रागाको मासु प्रत्येक किलो ७ सय थियो भने अहिले हजारसम्म रहेको पाइन्छ ।

साथै मासु पसलहरु सफा पनि हुदैँन र त्यहाँ प्रयोग गरिने पानी पनि निकै फोहोर हुने गर्छ । मासु पनि कम दिने गरिन्छ वा तौलमा घटबढ गर्ने गरिन्छ । यिनीहरुको ठगीधन्दा नराम्रोसँग मौलाएको छ । तर बजार अनुगमन छैन । पैसा तिरेर पनि जनताले गुणस्तरीय सामानहरु पाएका छैनन् । खाद्य संस्थानले जिउँदो खर्सीको मूल्य ६५० भनेको छ भने मासु पसलेहरुले त्यहँी खर्सीलाई ल्याएर काटेर १५ सयदेखि १७ सयसम्ममा बिक्री गर्ने गर्छन्। अनि यसमा नाफा चाहिँ कति मासु पसलेले खायो भनेर तपाईँहरु आफैँ सोच्नुस् । यसरी दिउँसो नै जनतालाई उल्लु बनाएर ठग्दा पनि सरकारले बजार अनुगमन गरेर यस्ता व्यापारीहरुलाई कारबाही गरेको छैन ।

त्यस्तै गरी व्यापारीहरुले खर्सीको मासु भनेर बाख्राको मासु बेच्छन् र रागाको मासु भनेर भैसीको मासु बेच्छन् । बजारमा जति पनि मासुपसलहरु रहेका छन् ती पसलहरुमा खर्सी, बाख्रा , रागा र कुखुराहरुको चेकजाँच गरिदैँन । मासु पसलहरुले यसरी बिरामी खर्सी, कुखुरा, बाख्रा वा रागाका मासुहरु बेच्छन् अनि जनता बिरामी हुने गर्छन्

यहाँ त सरकार भने सामानको मूल्य निर्धारण नगर्ने अनि जनता ठगिने । अब उघोग वा व्यापारीहरुलाई सामानको मूल्य निर्धारण गर्न दिनुहुदैँन र सरकारले नै सामानको मूल्य निर्धारण गर्नुपर्छ । सरकारले मुल्य निर्धारण गरेमा अहिलेको महंगो निकै घट्छ र बजार पनि नियन्त्रणमा आउँछ । बजार नियन्त्रण हुनेबित्तकै गरिब जनताहरुले पनि पेटभरि खाना खान पाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर