उपत्यकामा गाडी नभएपछि उपत्यकाबासीलाई सास्ती — OSNepal

उपत्यकामा गाडी नभएपछि उपत्यकाबासीलाई सास्ती

LC (KTM) October 04, 2022 0

रुषा थापा

उपत्यकाभित्रका जनताहरुलाई अहिले गाडी चढेर कता जानु परेमा गाडी पाइदैँन र पाएपनि एकदुई घण्टा कुरेपछि मात्र पाइन्छ । यतिधेरै समय कुरेपछि पनि बल्ल एउटा गाडी पाइन्छ र गाडीमा चढ्न हानाथाप हुने गर्छ । साथै गाडीमा सिटको त कुरै छोड्दिऔँ उभ्रिनेसमेत ठाउँ पाइँदैन । सहचालक र चालकहरु पनि यात्रुलाई गुन्द्रक खादेँको जसरी गाडीमा खाँदने गर्छन् र चढ्नेबित्तिकै ३० देखि ५० रुपैँयासम्म लिने गर्छन् । यिनीहरुले गाडी छैन भन्दै यात्रुसँग पहिलाको भन्दा दोब्बर तेब्बर गाडी लिने गर्छन् । सरकारले तोकको भाडा एक किलोमिटरबाट ५ किलोमिटरसम्म २० रुपैँया छ तर अहिले त दशैँको मौकामा यिनीहरुले आधाकिलोमिटर चढ्नेबित्तिकै ३० रुपैँया लिने गर्छन् । साथै यता विघार्थी, अपांग वा जेष्ठनागरिकहरुलाई पनि दशैँ भनेर भाडाछुट पनि दिने गर्दैनन् ।

यातायात व्यवस्था विभागले उपत्यकाभित्र चल्ने गाडीमा १० गतेदेखि २३ गतेसम्मका लागि रोडपर्मिेट खुल्ला गरिदियो । रोडपर्मिेट खुल्ला गरेपछि उपत्यकाका गाडीहरु सबै उपत्यकाबाहिरका जिल्लाहरुमा गयो र उपत्यकाबासीहरुलाई गाडी पाउन नै धौधौँ भयो । अहिले उपत्यकाबासीहरुलाई कता जानु परेमा उनीहरुले गाडी पाउँदैन् र उनीहरु पैसा नभएपनि टयाक्सीमा जान बाध्य छन् । यसरी दिउँसो त गाडी पाउन यति गाह्रो छ भने बिहानबेलुका त झनै गाडी पाइदैँन । उपत्यकाका गाडीहरु उपत्यकाबाहिर जाँदा सरकारले पनि उपत्यकाभित्रका जनतालाई सेवाप्रदान गर्न आर्मीप्रहरी र सरकारी कर्मचारीहरुको गाडी चलाउन दिनुपर्ने हो नि त । यी गाडीहरु त घटनास्थापनदेखि पूर्णिको दिनसम्म चलाउन दिएको भए आज उपत्यकाबासीहरुलाई गाडी पाउन यति सास्ती हुदैँन थियो ।

तर टिकाको दिन भने चाहिँ एकदिन आर्मीप्रहरीहरुको गाडी चलाउने र मिडियाबाजी गर्ने । टिकाको दिनमात्र आर्मीप्रहरीहरुले आफ्नो गाडीहरु जनताको लागि भनेर चलाउने गर्छन् तर जनताको लागि धेरै नै ठुलो काम गरेको जसरी मिडियाबाजी गर्ने गर्छन् । अहिले सरकारी कार्यालयहरुको बिदा भइसकेको छ । तर अहिलेपनि सरकारी कर्मचारीहरु सरकारी गाडी लिएर आफ्नो गाउँघर वा किनमेल गर्न गई नै रहेका छन् । यसरी सरकारी गाडीहरुको दुपयोग भइरहेको छ । साथै यसरी बिदाको दिन पनि सरकारी गाडी चलाउने सरकारी कर्मचारी वा चालकलाई ट्राफिकप्रहरीहरुले पनि कारबाही गरेको छैन । बिनापास नै बिदाको दिन पनि सरकारी गाडीहरु चलिरहेका छन् । तर यता जनताहरु भने दशैँ मनाउन आफ्नो गाउँघर जान गाडी नपाएर गाडीको डिक्कीमा गइरहेको छन् तर सरकारी कर्मचारीहरु भने सरकारी गाडीको दुपयोग गरिरहेका छन् ।

ट्राफिक प्रमुख मीरा चौधरीले पनि यस्ता सरकारी गाडीहरुलाई अहिले अनुगमन गरेर कारबाही गर्न सकेकी छैनन् । बाटोमा मानिसहरु गाडी नपाएर एकदुई घण्टा नै कुरेर बसिरहेका छन् तर सरकार भने यसमा अहिलेसम्म चासो दिदैँन । सरकारले पनि स्कुल कलेजको गाडीहरु बाटोमा चलाइदिने हो भने जनतालाई सजिलो त हुन्थ्यो नि त । साथै शिक्षा मन्त्रालयले पनि स्कुल कलेजमा थन्काएर राखेका बसहरु बाटोमा चलाउनुस् भनेर अहिलेसम्म निर्दैशन दिएको छैन । त्यस्तै यता यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयले पनि यसप्रति कुनै चासो दिएको छैनन् । यता जनता भने गाडी नपाएर पीडित भएका छन् भने उता सरकार भने टुलुटुलु जनता मारमा परेको हेरेर बसिरहेको छ । सरकार भने काम गर्न सक्दैँन अनि दुःख भने जहिले जनताले नै पाउँछन् । अहिले उपत्यकाबासीहरु सरकारलाई सोध्छन्, के हामी उपत्यकाबासी चाहिँ जनता होइन र । यदि हो भने किन उपत्यकाभित्र चल्ने गाडीहरु बाहिरी जिल्लामा पठाएको ।

उपत्यकाबासीहरु पनि त दशैँमा किनमेल गर्न बजार जाने गर्छन् । उनीहरुलाई पनि विभिन्न समस्या आइपर्छ नि त । तर सरकारले उपत्यकाबासीहरुको दुःख नदेख्दा आज उपत्यकाबासीहरु दशैँको समयमा गाडी नपाएर पीडित भएका छन् । साथै उपत्यकाभित्र चल्ने बस, माइक्रो बस, टयाक्सी, टयाम्पोहरु सबै रिर्भज लिएर उपत्यकाबाहिर गएका छन् । अहिले टयाक्सीहरुले दशैँको मौका छोपेर चढ्नेबित्तिकै हजार लिने गर्छ । एक किलोमिटर चढ्नेबित्तिकै हजार लिन्छन् । मिटरमा यात्रु बोक्दैँन र नजिक जान मान्दैँन । साथै अहिले टयाक्सीहरु पनि रिर्भजमा सबै उपत्यकाबाहिरतिर लागेका छन् । एउटा उदाहरण नै भन्दा दशैँअगाडी टयाक्सीले कोटेश्वरबाट धुलिखेल गएको ३ हजारसम्म लिने गथ्र्यो भने अहिले ५ हजारदेखि ७ हजारसम्म लिने गर्छ ।

यसरी टयाक्सी व्यवसायीहरुले आफ्नो लुटको धन्दा मचाइरहेका छन् । दशैँ मनाउन उपत्यकाबाहिर गएका जनताहरुले त सरकारले तोकेको भाडा १५ सय छ भने ३ हजारसम्म तिरेर गएको भेटिन्छ र सुनिन्छ । साथै यत्रो महंगो भाडा तिरेर पनि थोत्रा, पुराना र कबाडी गाडीहरुमा जनताहरु आफ्नो घर गइरहेका छन् । तर सरकारले बढी लिएर जनता ठग्ने यातायात व्यवसायलाई के पनि गर्न सकेन । व्यवसायी जनता ठगिरह्यो भने सरकार जनता ठगेको हेरिमात्र रह्यो ।
यातायात व्यवसायीहरुलाई जनता ठगेर आफु धनी बन्ने मौका आयो भने सरकार मौन रह्यो । साथै सवारीसाधन दुर्घटना पनि दशैँको समयमा न्यून भएन । यातायात व्यवसायी भनेको व्यवसायी नभइ जनता ठग्ने दलालहरु हुन् । यिनीहरुले एकदिनमै सरकारले तोकेकोभन्दा बढी भाडा जनतासँग लिएर १८ करोड रुपैँया ठग्ने गर्छन् । तर सरकार भने अनुगमन पनि गर्दैन र यस्ता व्यवसायीहरुलाई कारबाही पनि गर्दैन ।

सरकार यातायात व्यवसायीको अगाडी निरीह बन्यो र लम्पसार पप्यो । यहँी फाइदा उठाएर आज दशैँको समयमा व्यवसायीहरुले जनतालाई महंगो भाडा लिएर ठगे पनि र थोत्रा, पुराना गाडी चलाएर मारे पनि । यसपालि पनि गाडीभाडा महंगो भएको कारणले गर्दा कति मानिसहरु आफ्नो आमाबुबा भेट्न वा दशैँ मनाउन समेत आफ्नो गाउँघर जान पाएनन् । अहिले पनि धनीलाई मात्र दशैँ आयो र गरिबलाई केहिपनि आएन । जहिलेपनि दशैँको समयमा नै यातायात व्यवसायीहरुले जनतालाई नराम्रोसँग ठग्ने गर्छन् तर सरकार भने केही गर्न सक्दैँन । सरकारले दशैँमा ठुलो गाडीको अग्रिम टिकट खोलेपनि सानो गाडीको अग्रिम टिकट खोलेन । सानो गाडी व्यवसायीहरुले पनि सरकारले तोकको भाडा हजार छ भने ३ हजार लिएर जनता ठगे । साथै यता १३ सिटमात्र रहेको गाडीमा २५ जनासम्म यात्रु हाले ।

सानो गाडीहरुको अहिलेपनि रोडपर्मिेट छैन र यिनीहरुले अहिलेपनि पटकेकै आधारमा गाडी चलाइरहेका छन् । यातायात व्यवसायीहरुको जनता ठग्ने धन्दा मौलाएको छ तर सरकार चुपचाप छ । साथै यता ३५ वर्षदेखि कालोप्लेट र हरियोप्लेटको टयाक्सीको दर्ता बन्द छ तर नयाँँ टयाक्सीको दर्ता सरकार खोल्दैँन । टयाक्सी व्यवसायीसँग डराएर नै सरकार टयाक्सीको नयाँ दर्ता खुलाउँदैन । अहिले उपत्यकाबासीहरु गाडी नपाएपछि कता जान कि त आफैँ हिडेर जान्छन् त कि टयाक्सीमा सवार गर्छन् । यता टयाक्सी पनि भनेको समयमा पाइदैँन र उपत्यकाभित्र टयाक्सी जम्मा ९ हजार छ तर जनसंख्या १ करोड रहेको छ । हिजोमात्र भक्तपुरको गठ्ठाघर नागरिक अस्पतालबाट एक जना बिरामीलाई एउटा टयाक्सीले पुराना बानेश्वर लगेको २५ सय लियो । टयाक्सीले पहिला ३ हजार माग्यो र पछि बिरामी र उसको आफन्तले टयाक्सीलाई २५ सयसम्म लैजानुस् भनेपछि २५ सयमा लग्यो ।

साथै टयाक्सी पाउनपनि डेढघण्टा कुरेको भनेर बिरामी र बिरामीको आफन्त बताउँछन् । टयाक्सीले अघिपछि त मिटरमा यात्रु बोक्दैँन भने दशैँको समयमा त दोब्बर तेब्बर भाडा नै लिएर जनता ठग्ने गर्छन् । सरकारले तोकेको टयाक्सीको भाडा प्रत्येक किलोमिटर ५० रहेको छ र टयाक्सीमा चढ्नेबित्तिकै ५० आउने गर्छ । गठ्ठाघरबाट पुरानो बानेश्वरको बाटो ७ किलोमिटर सम्मको होला र मिटरमा गएको भए ४ सयदेखि ५ सयसम्म यात्रु पुग्थ्यो तर टयाक्सीले मिटरमा लैजान नमानेपछि यात्रुले यतिधेरै भाडा तिर्नुपप्यो । टयाक्सी चालकहरुले अहिले एकदिनमा १५ हजारदेखि २५ हजारसम्म कमाउँछन् र यो कुरा उनीहरु आफैँ बताउँछन् । के यो जनता ठगेर कमाएको होइन र । मिटरमा यात्रु नबोक्ने टयाक्सीलाई ट्राफिकप्रहरीहरुले पनि अनुगमन गरेर कारबाही गर्दैन । यस्ता टयाक्सीहरुलाई ट्राफिकप्रहरीले समातेपनि ५ सय रुपैँया घुस लिएर छोड्दिने गर्छन् ।

मिटरमा यात्रु नबोक्ने र नजिक जान नमान्ने टयाक्सीलाई ट्राफिकप्रहरीहरुले १० देखि १५ हजारसम्म जरिवाना गर्नुपर्ने हो तर त्योपनि गर्दैन । टयाक्सी यात्रु बोकेर चक्रपथ बाहिरपनि जान मान्दैन र टयाक्सीको रोडपर्मिेट उपत्यकाभित्र मात्र रहेको छ । तर यता सरकार पनि लक्जरी र सुपर डिलक्स टयाक्सीको नयाँ दर्ता खोल्दैँन । टयाक्सीमा २०२९ सालदेखि २०७९ सालसम्म एउटै मानिसले व्यवसाय गरेको छ र नयाँ व्यवसाय आउन पाएका छैनन् ।
साथै टयाक्सीको संख्या पनि बढेको छैनन् । २०२९ सालदेखि २०७९ सालसम्म जनसंख्या त धेरै बढ्यो तर टयाक्सी जति थियो त्यति नै रह्यो । अहिलेपनि २० वर्ष टयाक्सीको स्क्राइप गरेको नम्बरप्लेट १२ देखि १३ लाखमा खरिदबिक्री हुने गर्छ र त्यहँी स्क्राइप गरेको नम्बरप्लेट खरिद गरेर नयाँँ टयाक्सी दर्ता गरिने गरिन्छ । यदि सरकारले नयाँ टयाक्सीको दर्ता खोलदिने हो भने सितैमा नम्बरप्लेट पाइन्छ र व्यवसाय सुरु गर्न पाइन्छ ।

बागमती प्रदेशका यातायात मन्त्री घनश्याम दाहालले टयाक्सी व्यवसायीसँग नयाँ टयाक्सी दर्ता नखोल्ने सर्तमा डेढ करोड रकम घुस खाएको सुनिन्छ । साथै २० वर्ष पुरानो पेट्रोलबाट चल्ने टयाक्सीलाई विस्थापन गरेर त्यहँी टयाक्सीको स्क्राइप गरेको नम्बरप्लेटमा नयाँ विघुतबाट चल्ने गाडी किनेर सट्टा भर्नामा दर्ता गरेर चलाउन दिने भनेर निर्णय गरे । यसले गर्दा न त टयाक्सीको संख्या नै बढ्ने भयो त न नयाँ व्यवसाय नै आउन पाउने भयो । टयाक्सीमा भएको एकाधिकार कायम नै रहने भएको छ । अहिलेपनि नयाँ टयाक्सीको दर्ता खुलाउन बागमती प्रदेशका मुख्यमन्त्रीले चासो देखाउँदैन र घनश्याम दाहालको विरोधमा कुनै सञ्चारकर्मीले आवाज उठाउँदैनन् । दाहालको विरोधमा न त सञ्चारकर्मी बोल्छन् नै न त कलम नै चलाउँछन् । यातायात मन्त्री दाहाल भनेको घुसिया मन्त्री हुन् भनेर अहिले जनता बताउँछन् । साथै यता यातायात व्यवस्था विभागका महानिर्दैशक टोकराज पाण्डेले पनि न त दशैँमा जनतालाई आफ्नो गाउँघर जाँदा ठगिनबाट नै जोगाउँन सके त न नयाँ टयाक्सीको दर्ता नै खुलाउने सके । अब नयाँ टयाक्सीको दर्ता खुलाउन प्रदेश संघलाई देखाउँछ र संघ प्रदेशलाई देखाउँछ ,अनि सरकार पछिन्छ । साथै यातायात व्यवस्था विभागका महानिर्दैशकले अहिले यातायात व्यवसायीसँग पैसा खाएर घरको तल्ला थपेको कुरम पनि निकै चर्चा रहेको छ ।

यता यातायात मन्त्री मोहम्मद इश्तियाक राई पनि कताबाट पैसा आउँछ भनेर बसिरहेका छन् । साथै यातायात मन्त्री राईले ७ करोड पैसा यातायात व्यवसायीसँग खाएर २० वर्ष गाडीको अवधि थप गर्न लागिरहेका छन् । पैसाबिना केही काम नगर्ने मन्त्रीदेखि सचिवहरुलाई पनि जनताले विश्वास गरेर भोट दिनुहुदैँन । यिनीहरुलाई न त जनताको नै मतलब छ न त राष्ट्रको नै । ट्राफिक प्रमुख मीरा चौधरीलाई पनि राष्ट ्रर जनताको माया छैन । यदि भएको भए आज दशैँको समयमा यति धेरै मानिसहरु आफ्नो गाउँघर जाँदा बाटोमा नै दुर्घटनामा परेर मर्ने थिएनन् । यि मानिसहरु देश र जनताको हितका लागि काम गर्दैनन् र व्यवसायी र आफ्नो फाइदाका लागि काम गर्ने गर्छन् । तर तलबभत्ता भने जनताले तिरेको करबाट नै खाने गर्छन् । यिनीहरु जनताका सेवक नभई जनतालाई नै मार्ने विषालु सर्पहरु हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर