वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने — OSNepal

वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने

LC (KTM) October 11, 2022 0

कर्णाली-लगातारको अविरल वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने भएको छ । कर्णाली राजमार्गको कालीकोट सडकखण्डको तीन दर्जनभन्दा बढी ठाउँमा पहिरो गएपछि राजमार्ग सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ ।

कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो झरेकाले राजमार्ग सञ्चालन हुन सकेको छैन । राजमार्ग सञ्चालन नहुदा छोटो तथा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । कर्णाली राजमार्गको कालीकोट सडकखण्ड सञ्चालन हुन अझै केही समय लाग्ने कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो । यस वर्षको अविरल वर्षासँगै आएको बाढी पहिरामा परी जिल्लाभरी १९ जना बेपत्ता भएको प्रजिअ शर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर