आफ्नै पार्टीका नेताहरुलाई टिकट नदिई राप्रपाका दजर्नौ नेताहरुलाई साथ दिएका ओली कुन बाटो हिँड्दैछन् ? — OSNepal

आफ्नै पार्टीका नेताहरुलाई टिकट नदिई राप्रपाका दजर्नौ नेताहरुलाई साथ दिएका ओली कुन बाटो हिँड्दैछन् ?

LC (KTM) October 11, 2022 0

रुषा थापा

केपी ओलीले आफ्नो पार्टी एमालेमा बिर्सौ वर्ष जनताको हितमा वा पार्टीको हितमा काम गरेका मानिसलाई टिकट दिएनन् तर ओलीले राप्रपाका दजर्नौ नेताहरु टिकट दिए । यसबाट ओली राजावादी रहेछन् भनेर अब जनताले बुझ्रनुपर्छ । यदि एमाले पार्टीले चुनाव जितेमा अब देशमा राजतन्त्र आउँछ र हिन्दु राज्य हुन्छ भनेर जनताले बुझ्रनुपर्छ । ओलीले आफ्नो पार्टीका लागि संघर्ष गरेका र आन्दोलन समेत गरेका नेताहरुलाई टिकट दिएनन् तर राप्रपाका नेताहरुलाई धमाधम टिकट दिए । यसबाट के बुझ्रने त जनताले । एमाले पार्टीलाई जनताले भोट दिनु भनेको हाम्रो लोकतान्त्रिक गणतन्त्रात्क संविधानको अन्त्य गर्नु र राजावादी सिद्धान्त व्युताँउनु हो । जनताले यदि एमालेलाई भोट दिएर जिताएमा देशमा संघीय लोकतन्त्र गणतन्त्र रहदैँन ।

राजतन्त्र र हिन्दुराष्ट्र व्युताउँन नै ओलीले दुई पटक सांसद विघटन गरे । जनताले एमाले पार्टीलाई त्यसबेला बहुमत दिएपनि ओलीले देशमा राजतन्त्र ल्याउन पटकपटक सांसद विगठन गरिराखे । झापा क्षेत्रनम्बर ५ का जनताले केपी ओलीलाई मतदान गर्दा १० पटक सोच्नुपर्छ , किनभन्दा ओली राजावादी हुन् र उनी राजा कै झोला बोकेर हिडिँरहेका छन् । ओली देशको प्रधानमन्त्री रहँदा उनले २०७७÷९÷५ गते पहिलो पटक सांसद विगठन गरेका थिए तर फेरि पनि अदालतले उनलाई व्युतायो र अदालतले व्युताएको सांसद उनले फेरिपनि २०७८÷२÷८ गते विगठन गरे । अब फेरिपनि जनताले यस्तो व्यक्तिलाई भोट दिएर जिताउनु हुन्छ । अब जनताले एमालेलाई भोट दिनुहुदैँन , किनभन्दा एमालेसँग न त सिद्धान्त नै छ न त विचार नै ।

एमाले पार्टी ओलीको निजी कम्पनी हो र एमाले पार्टीले कहिलेपनि जनता र राष्ट्रको हितमा काम गर्ने छैन । एमालेमा बिर्सौ वर्ष पार्टी र जनताको हितमा काम गर्नेले टिकट पाउँदैन र अघिल्लो दिनसम्म राप्रपाको झोला बोक्न र भोलिपल्ट एमालेमा छिरेर नाच्ने र गाउनेले टिकट पाउँछन् । नाच्ने र गाउनेलाई एमालेले टिकट दिएपनि मसिंर ४ गतेको चुनावमा जनताले यिनीहरुलाई हराउँछन् । एमाले पार्टी त पार्टी नै होइन भनेर जनता भन्छन् । कोही भन्छन्, कलाकारहरु नाच्ने र गाउने ठाउँ त कोही भन्छन्, ओलीको निजी कम्पनी । के यस्तो निजी कम्पनीलाई पनि अब जनताले भोट दिनुहुन्छ । मसिंर ४ गतेभन्दा पछाडि केपी ओली र अहिले टिकट पाउनेहरुको हालबेहाल हुने छ भनेर जनता नै बताउँछन् । आगामी चुनावमा एमालेले थोरै सिट मात्र जित्छ भनेर विज्ञहरु बताउँछन् ।

अहिले जनताहरुले थाहा पाइसकेका छन्, एमाले पार्टी राजावादी हो । अब त्यसैले पनि जनताले एमालेलाई भोट दिदैँनन् । राजेन्द्र लिङदेन ,कमल थापासँग गठबन्धन गर्ने ओली वा एमालेलाई पनि अब जनताले भोट दिन्छन् त । हामी नेपाली जनताले अब एमाले पार्टीलाई भोट दिने बेला धेरै सोच्नुपर्छ । यदि एमाले पार्टीकै कार्यकर्ता भएपनि हामीले पहिला हामी नेपाली नागरिक हौँ भनेर सोच्नुपर्छ, अनि मात्र मतदान गर्नुपर्छ । ओलीको दुईतिहाईको सरकार हुँदाहुँदै पनि उनले पार्टी मिलाउन सकेनन् र पार्टी नै टुक्राटुक्रा भयो । एमालेको सबै प्रदेशमा सरकार थियो तर अहिले सबै प्रदेशका सरकारहरु ढले । जनताको मतबाट चुनिएर आएका सांसदले मन्त्री पाएनन् तर एउटा सरकारी कर्मचारी डा.युवराज खतिवडालाई अर्थमन्त्री बनाइयो । ओली देशको प्रधानमन्त्री रहँदा उनले देश र जनताको लागि एउटा सिन्को पनि भाचेँनन् ।

तर जनताले तिरेको करबाट तै तलबभत्ता खाए, सरकारी गाडी चढे, उपचार गर्न देशविदेश घुमे र भात खाएर बालुवाटार बसे । यता पार्टीको बैठकमा पनि पार्टी कार्यालयमा जान सकेनन् र पार्टीको बैठक पनि बालुवाटारमै राखे । उता प्रधानमन्त्री भएर सिंहदरबार पनि जान सकेनन् र मन्त्रीपरिषद्को बैठक पनि बालुवाटारमै राखे । साथै देशको नक्साको केक बनाएर जन्मदिन समेत मनाए । प्रधानमन्त्री भएर देश र जनताको हितमा काम नगरेर बासुरी बजाएर बसे । नेपालमा कोरोना बढ्दा देशमा लकडाउन गरे तर जनताहरु खाना नपाएर आआफ्नो गाउँघरमा खुट्टामा फोका उठाइउठाइ १५ दिनको बाटो समेत हिडेर जाँदा ओलीले उनीहरुको दुःख , कष्ट देखेनन् । साथै सञ्चारकर्मीहरुले त्यस्ता समाचारहरु बाहिर ल्याउँदा पनि ओलीलाई त्यसबेला जनताको माया लागेन ।

उल्टै त्यस्ता समाचारहरु बाहिर ल्याउने सञ्चारकर्मीहरुलाई धम्काए वा खिल्ली उठाए । ओलीले त्यस्तो ठाउँमा पनि सञ्चानकर्मी पुगेँ भनेर सञ्चारकर्मीकै खिल्ली समेत उठाए । आफ्नो पार्टीको बारेमा राम्रो समाचार लेख्ने मिडियालाई सरकारी विज्ञापन धमाधम दिने तर आफ्नो पार्टीको बारेमा नराम्रो लेख्ने मिडियालाई सरकारी विज्ञापन नै नदिने । साथै यता केपी ओली वा गोकुल बासकोटाको विरोधमा बोल्ने पत्रकारको जागिर नै खाइदिने । देशमा एमालेको सरकार रहँदा वा गोकुल बाँसकोटा सूचना तथा सञ्चार मन्त्री रहँदा एउटा पत्रकारले गोकुल बाँसकोटासँग अन्तवार्ता लिएका थिए र पत्रकारले बाँसकोटालाई तपाईँको निजी सम्पत्ति कति छ भनेर सोधेका थिए । यहँी सोधेको आधारमा बाँसकोटाले त्यो पत्रकारको जागिर पनि खाइदिए र त्यो कार्यक्रम पनि बन्द गरिदिए । के यस्तालाई पनि अब जनताले भोट दिनुहुन्छ त, विचार गरौँ । ओली प्रधानमन्त्री रहँदा जनता र राष्ट्रको हितमा केही काम नगर्ने र आफ्रनो नजिकको मानिसलाई बालुवाटारमा बोलाएर भोजभतेर लगाउने ।

अनि यता आफ्नो पार्टीबाट चुनाव जितेर आएका सांसदहरुलाई भनेचाहिँ विपक्षले विरोध गरेमा कालो अरिगाल जसरी टोक्नु भनेर निर्दैशन दिने । देशको प्रधानमन्त्री तै कुर्सीमा मात्र बस्ने अनि विपक्षको बारेमा तै यस्तो भन्ने । के विपक्ष दलका मानिसहरुको तै उनी प्रधानमन्त्री होइनन्, र । यति त सोच्न नसक्ने मानिसलाई अब पनि जनताले भोट दिनु हुन्छ । आफु तै काम केही नगर्ने , अनि मिडियाले राम्रो लेखेन भनेर गुनासो गर्ने । साथै सबै मिडियाका सम्पादकहरुलाई आफ्नो विरोधमा नलेखाउन वा फकाउन हप्ताहप्तामा बालुवाटार बोलाउने ,अनि खाजा खुवाउने । यता भने चाहिँ आफ्नो राम्रो कामका बारेमा कुनै पनि मिडियाले नलेखेको भनेर गुनासो गर्ने तर काम गरेको भए पो मिडियाले पनि लेख्नु त । एमाले पार्टीबाटै दुर्गम जिल्लाबाट चुनाव जितेर आएका सांसदले कहिले ओलीलाई भेट्न नपाउने र मेहश बस्नेत र गोकुल बाँसकोटाले ओलीलाई घेरेर राख्ने ।

यदि जनताको कामका लागि ओलीसँग सांसदलाई भेट्नु छ भने नि पहिला नै बस्नेत र बाँसकोटाको अनुमति लिनुपर्ने । एमालेबाट चुनाव जितेर आएका धेरै सांसदहरु भन्थे , हामीले ओलीलाई भेट्न पाएनौँ र जनताको कुरा राख्न पाएनौँ । ओलीलाई जहिले पनि बस्नेत र बाँसकोटाले घेरेर राख्ने अनि अरुले भेट्न नपाउने । अब जनताले धेरै सोचेर एमालेलाई भोट दिनुपर्छ । किनभन्दा एमाले पार्टी जनता र राष्ट्रको लागि नभई केपी ओलीको निजी कम्पनी हो । ओलीले २०७४ सालको चुनावमा एमालेलाई भोट दिएमा ५ हजार बृद्धाभत्ता बनाइने भनेर भनेका थिए तर उनले ५ हजार त भत्ता दिएनन् । त्यस्तै यता शेरबहादुर देउवा देशको प्रधानमन्त्री हुँदा मन्त्रीपरिषद्को बैठकले २०७४ साल पुसमा एउटा निर्णय गरेको थिए । त्यो थियो, मेरुदण्ड भाचिँएको, मिर्गौला फेल भएको कलेजो वा क्यान्सर रोग लागेको ,मानसिक रुपमा अस्वस्थ वा अन्य रोगीलाई महिनाको ५ हजार दिइने र ७० वर्षमा पाइने जेष्ठनागरिक भत्ता ६८ वर्षमै दिइने ।

यस निर्णयबाट धेरै मानिसहरु खुशी भएका थिए । एमालेकै कार्यकर्ता भएपनि देउवाको यो निर्णयबाट खुशी भएका थिए । तर काँग्रेस वा देउवा माथि आउँछ वा हिरो हुन्छ भनेर जनताले पाएका सेवासुविधा पनि २०७४÷११÷३ गते ओली देशको प्रधामन्त्री बन्ने बित्तिकै उनले देउवाले गरेको यो निर्णय उल्टाए । आफु भने चाहिँ जनताले तिरेको करबाट उपचार गर्न देश विदेश जाने तर जनताले पाउनुपर्ने सेवासुविधा तै काट्ने । ओलीले जनतासँग यस्तो गर्दा पनि अब जनताले ओलीलाई भोट दिन मिल्छ । अहिले बजारमा जनताहरु भन्छन्, १८ देखि ६८ वर्ष पुगेका वा विभिन्न रोगी मानिसहरुले एमालेलाई भोट दिनु हुदैँन । किनभन्दा ओलीले गरेको त्यो काम अहिलेसम्म जनताले बिर्सेका छैनन् । यता जेष्ठनागरिकलाई हामीले भत्ता दिएका हौँ भनेर ओली र उनका कार्यकर्ता भन्छन् तर कुन चाहिँ सम्पत्ति बेचेर दिएको भनेर कसैलाई थाहा छैनन् । जनताले तिरेको करबाट जेष्ठनागरिकले भत्ता पाउने अनि हामीले भत्ता दिएका हौँ भनेर ओली भाषण गर्ने । के ओलीमा अलिकति पनि लाज छैन ।

अबपनि ओलीको उखानटुकानमा जनता लाग्ने कि ओलीलाई चिन्ने । ओलीले आफ्नो नाममा रहेको घरजग्गा वा सम्पत्ति सबै सरकारको नाममा पास गरेको भनेर भनेका छन् तर तेह्रथुमको हो कि, झापाको हो कि , भक्तपुरको बालकोटा को नै । यसको जवाफ त अब जनतालाई पनि चाहिँयो त ओलीज्यूँ । ओली अहिले भन्छन्, म बिरामी भएमा मसँग उपचार गर्ने पैसा छैन तर योभन्दा पहिला उनी बिरामी हुँदा पनि त सरकारकै पैसामा उनले उपचार पाएका थिए नि त ।
ओली यता आफुसँग उपचार गर्नेसमेत पैसा छैन भनेर भाषण गर्छन् तर बजारमा जनता भन्छन्, ओलीको विदेशी बैंकमा २२ अर्ब पैसा रहेको छ । अब हामीले ओलीको कुरामा विश्वास गर्ने कि जनताको । अहिलेपनि पैसा हुनेले एमालेमा टिकट पाएको भनेर निकै चर्चा रहेको छ र मनोनित सांसदको टिकटका लागि ३ करोड र प्रत्यक्ष सांसदका लागि १० करोड भनेर सुनिन्छ । साथै यता कति तै हामीले यति पैसा दिएर टिकट पाएको भन्छन् त कति तै पैसा नभएर टिकट नपाएको गुनासो गर्छन् ।

एमालेमा बिर्सो वर्ष काम गरेका मानिसले टिकट पाएनन् तर यहाँँ कमल ओलीले उमेरभरी रेडियो नेपालमा जागिर खाइन् ,जागिर छोडेर राप्रपाको नेता बनिन्, पछिफेरि राप्रपा छोडेर २०७४ सालमा मनोनित सांसद भएर ५ वर्षसम्म जनताले तिरेको करबाट मोजमस्ती गरिन् र अहिले मसिंर ४ गतेको चुनावमा पनि प्रत्यक्ष सांसदको टिकट पाइनन् । तर ओलीको नजिक नरहेको र पार्टीको हितमा काम गरेको मानिसले टिकट पाएनन् । अब एमालेलाई जनताले भोट दिनुहुदैँन । किनभन्दा एमाले पार्टी पार्टी नभई दलाल हो ।

एमाले पार्टीसँग जनता र राष्ट्रको हितमा काम गर्ने क्षमता रहेको छैन र जनताले पनि एमालेलाई भोट दिनुहुदैँन । अहिले चुनाव लड्न पार्टीबाट टिकट नपाएपछि कति मानिसहरुले स्वतन्त्रबाट नै उम्मेदवारी दर्ता गरेका छन् त कति पार्टी नै त्याग गरेर घरमा बसेका छन् । अहिलेपनि केपी ओलीको विरोधमा जनता बोल्न सक्दैँनन् र सञ्चरकर्मी कलम चलाउन सक्दैँनन् । यता कार्यकर्ताको त कुरै छोड्दिँदा हुन्छ ।

बजारमा अहिले जनता नै बताउँछन्, कमल ओली, गोकुल बाँसकोटा, महेश बसनेत र केपी ओली आगामी चुनावमा हार्छन् र यिनीहरु सदनमा जानबाट नै वञ्चित हुन्छन् । मसिंर ४ गतेभन्दा अगाडी मात्र यिनीहरुको दाधागिरी हो र आगामी चुनावपछि यिनीहरुको हालबेहाल हुन्छ भनेर जनता नै बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर