इन्डियन आइडल बिजेता पवनदीपको गीतमा आकाश र मलिकाको अभिनय — OSNepal

इन्डियन आइडल बिजेता पवनदीपको गीतमा आकाश र मलिकाको अभिनय

LC (KTM) October 14, 2022 0

काठमाडौं-

चर्चित गायन रियालिटी सो इन्डियन आइडल १२ का बिजेता पवनदीप राजनको पहिलो सोलो नेपाली गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो ? ‘ सार्वजनिक भएको छ।

गीतकार आनन्द अधिकारीको शब्द रचना र लोकप्रिय म्युजिक डाइरेक्टर शिखर सन्तोषको संगीत रहेको गीतलाई नेपालकै अग्रणी म्युजिक कम्पनी ‘म्युजिक नेपाल’को च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो। कैलास स्टुडियो मुम्बईमा रेकर्ड गरिएको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ ।

पछिल्लो समयका चर्चित कलाकारहरु आकाश श्रेष्ठ र मल्लिका महतको अभिनय रहेको भिडियोलाई निर्देशक भुषण दाहालले निर्देशन गरेका हुन् । गीतको भावअनुसार भिडियो निकै आकर्षक र लोभलाग्दो बनेको छ। डोर बहादुर कटुवाल र प्रकाश गोपलीको सिनेमाटोग्राफी,पदम तिमिल्सिनाको सम्पादन रहेको भिडियोमा राजु याक्चाको सह निर्देशन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर