नवौं राष्ट्रिय खेलकुद : त्रिभुवन आर्मी, बागमती, सुदुरपश्चिम र सशस्त्र विजयी — OSNepal

नवौं राष्ट्रिय खेलकुद : त्रिभुवन आर्मी, बागमती, सुदुरपश्चिम र सशस्त्र विजयी

LC (KTM) October 15, 2022 0

कास्की-नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ निर्मल माविमा जारी महिला बास्केटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लवले दोहोरो जित हासिल गरेको छ ।फुलकोर्ट र थ्री बाई थ्रीतर्फ त्रिभुवन आर्मी क्लबले एक÷एक जीत दर्ता गराएको हो । फुलकोर्टतर्फ त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ६८–३० अङ्कले पराजित गरेको हो । त्रिभुवन आर्मी क्लबले पहिलो क्वाटरमा १७–५, दोस्रो क्वाटरमा १५३, तेस्रो क्वाटरमा २२–१० र चौथो क्वाटरमा १४–१२ अङ्क प्राप्त गरेको थियो ।

त्रिभुवन आर्मीको जीतमा प्रतिक्षा मगरले व्यक्तिगत सबैभन्दा बढी १५ अङ्क जोड्नुभएको थियो । सुदूरपश्चिम प्रदेशका लागि सञ्जुले व्यक्तिगत १६ अङ्क जोड्नुभएको थियो । थ्री बाई थ्रीतर्फ त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १४–७ ले पराजित ग¥यो । उक्त खेलमा त्रिभुवन आर्मी क्लबका जेनिशा श्रेष्ठले सबैभन्दा बढी आठ र लुम्बिनीका सृष्टि चौधरीले तीन अङ्क जोड्नुभएको थियो ।
आजै भएको फुलकोर्टतर्फ प्रदेश नं १ लाई पराजित गर्दै बागमती प्रदेशले विजय सुरुआत गरेको छ । बागमती प्रदेशले प्रदेश नं १ लाई ७५–२६ अङ्कको फराकिलो अन्तरले पराजित गरेको छ । खेलमा बागमतीका विनामणि योञ्जनले सबैभन्दा बढी १३ अङ्क जोड्नुभयो भने प्रदेश नं १ का शीतल तामाङले आठ अङ्क जोड्नुभयो ।

थ्री बाई थ्रीतर्फ बागमती प्रदेशले मधेस प्रदेशलाई १४–२ ले पराजित ग¥यो । उक्त खेलमा बागमतीका आशा चौधरीले सबैभन्दा बढी आठ र मधेसका शवनम खातुनले एक अङ्क जोड्नुभएको थियो ।
थ्री बाई थ्रीतर्फ सुदूरपश्चिम र सशस्त्र प्रहरीको विभागीय टिम विजयी भएको छ । सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई ७–६ अङ्कले पराजित ग¥यो । उक्त खेलमा सुदूरपश्चिमका अशिका कुँवरले व्यक्तिगत चार अङ्क प्राप्त गर्नुभएको थियो थियो प्रदेश नम्बर १ का सम्झना राईले तीन अङ्क जोड्नुभएको थियो । थ्री बाई थ्रीतर्फ सशस्त्र प्रहरीको विभागीय टिमले गण्डकी प्रदेशलाई ९–७ ले पराजित ग¥यो । सशस्त्रका छिरिङ चोकेले व्यक्तिगत चार अङ्क जोड्नुभएको थियो भने गण्डकीका स्मृति गुरुङले चार अङ्क जोड्नुभएको थियो ।

प्रतियोगिताका लागि फुलकोर्ट (पाँच जना खेलाडी) र थ्री बाई थ्री (तीन जना खेलाडी) का लागि छुट्टाछुट्टै समूह विभाजन गरिएको छ । पाँच खेलाडी खेल्नेतर्फ समूह ए मा नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश रहेका छन् भने समूह बि मा बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ रहेका छन् । तीन खेलाडी खेल्नेतर्फ समूह ए मा मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र नेपाल आर्मी छन् भने समूह बि मा प्रदेश नम्बर १, सशस्त्र प्रहरी, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर